कक्षा ११ र १२ मा पुस्तकहरु अनिवार्य छैनन् जिल्ला शिक्षा कार्यालय

पोखरा, १३ असार /कतिपय उच्च मा वि र उच्च मा विमा शिक्षण गर्ने शिक्षकहरुले निश्चित प्रकाशन तथा लेखकका पुस्तकहरु अनिवार्य गरिएको प्रति जिल्ला शिक्षा कार्यालय कास्कीको ध्यन आकर्षण भएको जनाएको छ ।

शिक्षक तथा विद्यालयले किन्न बाध्य बनाइएको भन्ने अभिभावक तथा विद्यार्थीहरुले जानकारी गराएको बताउदै विज्ञप्ती मार्फत कास्कीका जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले ध्यान आकर्षण भएको जनाएका छन् । जारी विज्ञप्तीमा कक्षा १० सम्ममा जस्तो ११ र १२ मा निश्चित पाठ्यपु्स्तक लागु नगरिएको र केवल अनिवर्य नेपाली विषयमा मात्र साझा नेपाली लागु गरिएको जानकारी गराएका छन् ।

अन्य विषयमा कुनै पाठ्यपु्स्तक अनिवार्य नगरिएको हुनाले सवै विद्यालयहरु र शिक्षकहरुले विद्यार्थीहरुलाई सम्वन्धित पाठ्यक्रम सँग मिल्दा विषय बस्तु समेटिएका र सूचिकृत गरिएका, आधिकारिक पाठ्यपुस्तकको सूचि उपलव्ध गराइ विद्यार्थीले छनौट गरी बजारबाट खरिद गर्न सक्ने व्यव्यवस्था गर्नु हुन अनुरोध विज्ञप्तीमा छ । अनिवार्य गरेमा विद्यालय तथा शिक्षकलाई कार्वाही गरिने जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...