अर्जेन्टिनालाई हराउँदै चिलीलाई कोपा अमेरिका फुटबलको उपाधि

एजेन्सी काठमाडौं, १३ असार/अर्जेन्टिनालाई हराउँदै चिलीले कोपा अमेरिका फुटबलको उपाधि पुन जितेको छ। अमेरिकाको न्यूजर्सीमा भएको फाइनल खेलमा पेनाल्टी सुटआउटमा अर्जेन्टीनालाई ४–२ हराउँदै चिलीले उपाधिमाथि कब्जा जमाएको हो।

डिफेन्डी च्याम्पियन चिलीले लगातार दोस्रोपटक फाइनलमा अर्जेन्टिनालाई हराउँदै उपाधि उचालेको हो। चिलीमा भएको अघिल्लो संस्करमा पनि चिलीले अर्जेन्जिनालाई नै पेनाल्टी सुटआउटमा पराजित गर्दै पहिला पटक उपाधि उचालेको थियो।

निर्धारित ९० मिनेटको समय गोलरहित बराबरीमा टुंगिएपछि खेल अतिरित्त समयमा धकेलिएको थियो। पहिलो हाफमा दुवै टोलीका एक–एक खेलाडीले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि दुवै टोली १० खेलाडीमा सीमित भएका थिए।

तर, अतिरित्त समयमा पनि दुवै टोलीले गोल गर्न नसकेपछि उपाधिको छिनोफानो पेनाल्टी सुटआउटबाट लिइएको हो। पेनाल्टी सुटआउटमा अर्जेन्टिनाका कप्तान स्टार स्ट्राइकर लियोनल मेसी र लुकास रोड्रिग्वे चुकेपछि चिलीले उपाधिमाथि कब्जा जमाएको हो। लगातार दोस्रो पटक चिलीसँग पेनाल्टी सुटआउटमा पराजित हुँदै उपविजेतामै सिमित अर्जेन्टिनाले फुटबलमा सन् १९९३ यता कुनै पनि उपाधि उचाल्न सकेको छैन।

कमेन्टहरु
Loading...