गणेश लामा पक्राउ परेका छैनन् : प्रहरी

काठमाडौं, जेष्ठ ११ – नेपाल प्रहरीले चर्चित डन गणेश लामा पक्राउ परेको समाचार सत्य नभएको दाबी गरेको छ । लामा शनिबार राजधानीको वसन्तपुरबाट पक्राउ परेको खबर सार्वजनिक भएको थियो ।

‘हल्ला धेरै आए, केही अनलाइन र टेलिभिजनले त्यस्तो समाचार बनाउनुभएछ,’ प्रहरी प्रवक्ता केशव अधिकारीले शनिबार साँझ ईकान्तिपुरसित भने, ‘मैले केरकार शाखामा पनि सोधेँ, सीआईबीमा पनि सोधेँ, त्यस्तो पाइनँ ।’

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पनि लामा पक्राउ परेको समाचार सत्य नभएको दाबी गरेको छ । ‘हाम्रो युनिटले पक्रेको छैन,’ एक उच्च प्रहरी अधिकारीले ईकान्तिपुरसित भने, ‘अरु युनिटले हो कि भनेर सोध्यौँ, तर हैन भन्ने कुरा आयो ।’

– See more at: http://www.ekantipur.com/np/2070/2/11/full-story/368738.html#sthash.mtWGPWs8.dpuf

कमेन्टहरु
Loading...