‘मौसम हराएको देश’ नाटकको लागि कार्यशाला शुरु

पोखरा, ११ असार/पोखरामा मञ्चन हुने नाटक ‘मौसम हराएको देश’ का लागि कलाकार छनौट गर्न कार्यशाला शुरु भएको छ । एक हप्ता सम्म सञ्चालन हुने कार्यशालामा सहभागी मध्येबाट छनोट गरी नाटक मौसम हराएको देशमा अवसर दिइने कार्यक्रम संयोजक परिवर्तनले जानकारी दिए ।

पञ्चामृत नाट्य समुह पोखराको आयोजनामा मञ्चन हुने नाटकको लेखन निर्देशनको जिम्मा कृष्ण उदासीले पाएका छन् । नाटकको मञ्चन भने आगामी भाद्र ९, १० र ११ गते पोखरा उद्योग वाणीज्य संघको हलमा हुनेछ । यो उदासीको १ सय ४ औ नाटक हो । यसअघि उदासीले १ सय ३ वटा नाटकमा विभिन्न जिम्मेवारी लिएर काम गरिसकेका छन् ।

यस अगाडि पञ्चामृत नाट्य समुहको पहिलो प्रयासमा उदासीकै नाटक पुलिस र प्यास पोखरामा मञ्चन भएको थियो । पहिलो नाटकबाट पाएको दर्शकको मायाले उत्साहित बनेको समुहले यो नाटकबाट पुनः पोखरेली नाट्यप्रेमीको नाटकको
तृष्णा मेटाउने तयारी गरेको हो । कार्यशालामा सहजकिरण नाटककार कृष्ण उदासी र योग गुरु कोमल आनन्दले गरेका छन् ।

पोखरामा स्तरिय नाटकको मञ्चन वि. स. २००६ तिरबाट शुरु भएको पाइन्छ । वि.स. २०२० सालसम्म पोखराको रङ्गक्षेत्र अनियमितता जस्तो देखिएपनि २०३० साल पछि भने यो क्षेत्रको विकासले गति लिएको थियो । समयमा रङ्गक्षेत्रसँग सम्बन्धित दर्जनौ सस्थाको स्थापना भइ पोखरेली रङ्गक्षेत्रको महत्व नेपाली रङ्गमञ्चको क्षेत्रमा हुन पुगेको थियो ।

पछिल्ला समयमा यो क्षेत्रमा नयाँ युवाहरुको सक्रियता बढ्न थालेको छ । यसरी भएकोे सक्रियताले पोखरेली नाट्य क्षेत्रमा
आशा थपिदिएको छ । पञ्चामृत नाट्य समुहको स्थापना वि.स.२०६८ मा भएको हो । नाटकको रिर्यसल यहि असार १९ गतेबाट पोखरामा हुने संयोजक परिवर्तनले बताए । कार्यशालामा दुई दर्जन भन्दा बढीको सहभागीता रहेको छ ।

कमेन्टहरु
Loading...