काबुलबाट बम आक्रमण धम्की लुकाउदा- सुरक्षा अधिकारी

काठमाडौं, १० असार /अफगानिस्तानमा सुरक्षा गार्ड उपलब्ध गराउँदै आएको सेक्युरिटी कम्पनीले तालीबानी समूहलाई धम्कीपछि रकम नबुझाउँदा काबुल घटना भएको त्यहाँ पुगेर फर्किएको नेपाली टोलीले निष्कर्ष निकालेको छ ।

घटना अघि नै तालिबानी समूहले सुरक्षा कम्पनीसँग मोटो रकम मागेको र उक्त रकम नदिएपछि पूर्वजानकारी दिएरै आक्रमण गरेको टोलीमा संलग्न अधिकारीले आफ्नो माथिल्लो निकायलाई ब्रिफिङ गरेको खबर आजको नागरिकमा दैनिकमा दीपक खरेलले समाचार लेखेका छन्।

काबुलमा १३ नेपालीको ज्यान जाने गरी सोमबार भएको बम बिष्फोटमा तालिबानी समूहले मागेको ‘एक्ट्रोसन मनि’ ९धम्क्याएर पैसाँ उठाउने० नदिँदा भएका आँकलन त्यहाँ पुगेर फर्किएको टोलीले गरेको हो।

कमेन्टहरु
Loading...