फिर्के बुलौदी सरसफाइ अभियानलाई अझ सशक्त पार्ने

पोखरा, ९ असार /फिर्के बुलौदी सरसफाइ अभियान अझ शसक्त तरीकाले अगाडी बढ्ने सरोकारवालाहरुले बताएका छन् । फिर्के बुलौदी सरसफाई अभियानलाई अझ प्रभाबकारी बनाउने उद्देश्यले क्षेत्रिय प्रशासक शंकर प्रसाद कोइरालाको अध्यक्षतामा बिहीबार बसेकोे बैठकले पोखराको गौरबसंग जोडिएको अभियानलाई अझ प्रभाबकारी तरीकाले अगाडी बढाउने निर्णय गरेका छ ।

बैठकमा क्षेत्रिय प्रशासक कोइरालाले अभियानका क्रममा केही कठिनाइ वा गुनासाहरु भएमा निर्धक्क भएर आफुसामु ब्यक्त गर्न आग्रह गर्नु भयो ।  उहाँले स्थानिय निकायलाई फोहोर फाल्ने स्थान पत्ता लगाएर कारबाही प्रकृया अगाडी बढाउन निर्देशन दिनु भयो ।

पोखरा उपमहानगरपालीकाका कार्यकारी प्रमुख भिम बहादुर कुँबरले अभियानलाई पोखरा उपमहानगरपालीकाको साथ रहेको बताउनु भयो । उहाँले अभियानलाई प्रभाबकारी तरीकाले अगाडी बढाउन पोखरा उपमहानगरपालीका जस्तो सुकै सहयोग गर्न तयार रहेको बताउनु भयो ।

बैठकमा फिर्के बुलौदी नागरीक सरोकार समितीका संयोजक राम बहादुर पौडेले सरोकारवाला समुदाय र नागरीक समाजको सक्रियतामा अभियान तेस्रो हप्ता सम्म उल्लासमय तरीकाले अगाडी बढेको जानकारी गराउनु भयो ।उहाँले सरकारी तथा गैर सरकारी निकाय, नागरीक समाजका अगुवाका साथै स्थानियको सहयोगले अभियान प्रभाबकारी तरीकाले अगाडी बढेको बताउनु भयो ।

बैठकमा सरोकारवालाहरुले सरसफाइ गरेका क्षेत्रमा र सरसफाइ अभियान अगाडी बढाउन लागीएको क्षेत्रमा नियमीत रुपमा नगरपालीकाको गाडी उपलब्ध गराएमा फोहोर फाल्ने प्रबृतीमा कमि ल्याउन सकिने सुझाब दिएका छन ।

कमेन्टहरु
Loading...