पोखरा रगंशालाको एथलेटिक्स ट्रयाक मर्मत सुरु

पोखरा ९ जेठ / पोखरा रगंशालाको एथलेटिक्स ट्रयाक मर्मत कार्य सुरु भएको छ । ट्रयाक जिर्ण भएपछि मर्मत कार्य सुरु गरिएको हो । पोखरा रगंशालाभित्रै रहेको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति मार्फत बजेट आएपछि मर्मत कार्य सुरु भएको पश्चिमाञ्चल अध्यक्ष खगराज पौडेलले बताए ।

करिव २६ लाख रुपैयाँको लागतमा मर्मत कार्य सुरु गरिएकोे अध्यक्ष पौडेलले जानकारी दिए । पोखरा रगंशालाको फुटबल मैदान वरिपरी रहेको ५ सय मिटरको ट्रयाकमा सुर्की(इटटाको धुलो) हाल्नेकाम सुरु भएको हो । ट्रयाकमा पानी जमेर दौडन समस्या हुदै आएको थियो । गत महिना सम्पन्न आठौ राष्ट्रपती रनिङ्ग सिल्डमा पानी जमेर दौडने क्रममा विद्यार्थी घाइते समेत भएका थिए ।

त्यस्तै पोखरा रगंशालामा शौचालय निर्माण समेत भैरहेको छ । सार्वजनीक शौचालय नहुदाँ रगंशााला पुग्नेहरु झाडी खोज्दै हिडनुपर्ने अवस्था थियो । विहान बेलुका प्रशिक्षणका लागी पुग्ने खेलाडीहरु शौचायलय नहुदाँ समस्यामा पर्ने गरेको गुनासोपछि पश्चिमाञ्चल क्षेत्रिय खेलुकद विकास समितिले रगंशालाभित्र सार्वजनीक शौचालय निर्माण गरेको हो । दश लाखको लागतमा शौचालय निर्माण भैरहेको उनले बताए ।

रगंशालामा फुटबल, ब्याडमिण्डन र टेनिसले कोटमा शौचालयको ब्यवस्था भएपनि सवैले प्रयोगग गर्न नपाउने भएकाले सेतीको डिल र झयाङ खोज्दै लुकेर शौच गर्नुपर्ने अवस्था रहेको छ ।

कमेन्टहरु
Loading...