विद्यालयस्तरी ह्याण्डवल प्रतियोगिताको उपाधि छात्रतर्फ सैनिक÷छात्रातर्फ गण्डकीलाई

पोखरा, ९ असार /दोश्रो एकता बुक्स अन्तर बिद्यालय छात्रतर्फ सैनिक आवासिय महाविद्यालय र छात्रातर्फ गण्डकी आवासिय उच्च माविले ह्याण्डवल प्रतियोगिताको उपाधि जितेका छन ।

सशस्त्र प्रहरी बल कालिका गणको खेल मैदानमा विहिबार भएको छात्रतर्फको फाईनल खेलमा सैनिकले सोसल पब्लिक स्कुललाई ३ को बिरुद्ध फराकिलो १४ गोल अन्तरले पराजित गर्दै उपाधि हात पार्दा छात्रा तर्फ भने गण्डकीले ३ को बिरुद्ध ७ गोल गरी लिटिल स्टेप उच्च माविलाई पराजित गरी उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको हो ।

विद्यालयस्तरी ह्याण्डवल  प्रतियोगिताको उपाधि छात्रतर्फ सैनिक÷छात्रातर्फ गण्डकीलाई
विद्यालयस्तरी ह्याण्डवल प्रतियोगिताको उपाधि छात्रतर्फ सैनिक÷छात्रातर्फ गण्डकीलाई

छात्रातर्फ ज्ञानज्योति निकुन्जले माउण्ट अन्नपुर्ण उच्च माविलाई १२–८ को गोल अन्तरले पराजित गरी तेश्रो भयो भने छात्रतर्फ लिटिल स्टेपले माउण्ट अन्नपुर्ण उच्च माविलाई १७–७ को गोल अन्तरले पराजित गरी तेश्रो भएको हो । प्रतियोगितामा उत्कृष्ट खेलाडी छात्रा तर्फ गण्डकीकी आकृती गुरुङ घोषित हुदा छात्रतर्फ उत्कृष्ट खेलाडी सैनिक आवासियका विवेक अधिकारी घोषित भए ।

प्रतियोगितामा छात्रा तर्फ हाईस्कोरको उपाधि गण्डकीकी आकृती गुरुङको हात पार्दा छात्रतर्फ भने सैनिकका सिजन कार्कीले उपाधि आफ्नो पोल्टामा पार्न सफल भए । प्रतियोगितामा छात्रतर्फ १७ र छात्रा तर्फ १६ टिमको सहभागिता रहेको प्रतियोगितामा छात्रातर्फ जनप्रिय उच्च मावि र छात्रतर्फ चिल्ड्रेन उकेडेमी अनुसाशित टिम घोषित भएका छन । विजयी खेलाडीहरुको टिमलाई प्रतियोगिताका प्रमुख अतिथि सशस्त्र प्रहरी नायव महारिनिक्षक (डिआईजी) नरेन्द्र कुमार सिंह, नेपाल ह्याण्डवल संघका केन्द्रीय अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटिका सदस्य तेज बहादुर गुरुङ, कास्की जिल्ला बिद्यालय ह्याण्डवल संघका अध्यक्ष श्रीकृष्ण अधिकारी लगायतले पुरस्कार वितरण गरेका थिए ।

कास्की जिल्ला बिद्यालय ह्याण्डवल संघको आयोजनामा नेपाल ह्याण्डवल संघको तत्वावधान, नेपाल ओलम्पिक कमिटिको बिषेश सहयोगमा, एकता बुक्स डिष्ट्रिब्युटर्स काठमाण्डौंको मुख्य प्रायोजनमा असार ६ गते देखि प्रतियोसिगता पोखरामा संचालनमा भएको संघ कास्कीका सचिव खिम गुरुङले बताए । प्रतियोगितामा विजेता टिमलाई १० हजार, उपविजेतालाई ५ हजार र तेश्रो हुनेलाई ३ हजार साथमा ट्रफी, मेडल र प्रमाण–पत्र वितरण गरीएको थियो । यसै बिच, नेपाल ह्याण्डबल संघ द्धारा आयोजना गरिएको एक हप्ते राष्ट्रिय रेफ्री ह्याण्डबल प्रशिक्षण कार्यक्रम समेत विहिबार समापन गरीएको छ । उक्त प्रशिक्षणमा नेपाली सेना, शसस्त्र प्रहरी एपिएफ क्लव, सदावहार क्लव काठमाडौ, ह्याण्डबलका पूर्व राष्ट्रिय खेलाडी र विभिन्न क्षेत्रका गरि करिव ३५ जनाको सहभागिता रहेको संघ केन्द्रका सचिव केशव पाठकले जनाए ।

कमेन्टहरु
Loading...