धम्पुस बासीले भने सचिव ज्यू गाविस आइदिनु प¥यो

पोखरा, ९ असार /गाविसले प्रवाह गर्ने सेवा सुविधामा कास्की धम्पुस गाविसका बासीन्दाहरुले गुनासो गरेका छन् । विशेष गरी गाविस सचिवले प्रवाह गर्ने सेवा चित्त्त बुझ्दो नभएकोमा गाविस बासीले गुनासो पोखेका छन् । गाविस सचिव बिष्णुप्रसाद अधिकारी प्राय गाविसमा नआउने गरेको र पोखराको सिम्पानीमा कोठा खोजी त्यहीबाट काम गर्ने गरेको भन्दै गाविसका बासिन्दाहरुले गुनासो गरेका हुन् ।

सचिव अधिकारी असार १ यता ८ गतेसम्म गाविस गएका छैनन् । उनको हाजिरी कापीमा असार २, ३ र ४ गते नियमित बैठक काज भनि लेखिएको छ । त्यस्तै पाँच गतेपछि ८ गते बुधवार सम्मको हाजिरी छैन । गाविस कार्यालयमा न त सुचना पेटीका नै छ, न त छ सुझाव पेटीका । त्यस्तै नागरिक वडापत्रमा नागरिकताको सिफारिस साथै नाता प्रमाणित सिफारिस गर्दा के कति दस्तुर लाग्ने हो जस्ता कुराहरु पनि स्पष्ट खुलाइएको छैन ।

गाविस सचिव अधिकाशं गाँउ नआउने र गाविस गएमा पनि स्पष्ट जानकारी दिन नमान्ने गरेको धम्पुस ६ का ६९ वर्षे बृद्घ उदिमबहादुर गुरुङ बताए । सचिव ज्यु गाँउमा आउनु प¥यो भन्दै मैले कति पटक उहाँलाई आग्रह गरे, त्यसको कुनै मान्यता भएन बुधवार उदिमले दुखेसो पोख्दै थिए ।

हाम्रा सचिव अधिकाशं समय गाविस आउनु हुदैन कतिपय सेवाग्राहीसँग त पोखरासम्म पनि जाने आउने बाटा खर्च सम्म हुदैन, जनताले निकै दुख पाएका छन्, खै हामीले भनेको केही लागेन धम्पुस वडा नं.९ का वडा संयोजक हेमबहादुर विकको भनाई हो यो ।

गाविस सहायक चन्दाकुमारी गुरुङले सचिव बुधवार गाविस आउछु भनेको तर नआएको बताइन् ।हाम्रा सचिवले मोटरसाइकल चलाउन जान्नुहुदैन, उनी अधिकाशं पोखरा जान्छन्, मैले गाविसबाट सिफारिस बनाइदिन्छ, सेवाग्राहीले पोखरा नै गएर सचिवको हस्ताक्षर गराउछन् । तर गाविस सचिव विष्णुप्रसाद अधिकारले आफु अनुगमनका लागि अन्यत्र गएको बताए । जनताको कामलाई अप्ठ्रो पर्ने गरेको आफु कतै नगएको बताए ।

कमेन्टहरु
Loading...