प्रवेश परीक्षा नजुधाउन अनेरास्ववियुको आग्रह

तारा चापागाईं
पोखरा, ९ असार /कास्कीका केही उच्च माध्यमिक विद्यालयहरुले लिने प्रवेश परीक्षाको समय जुधेकोप्रति एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले आपत्ती प्रकट गरेको छ । प्रवेश परीक्षाको समय नजुधाउन माग गर्दै अनेरास्ववियुले उच्च माध्यमिक शिक्षा परिषद पोखराका कार्यालयका प्रमुख अशोक न्यौपानेलाई बिहीबार ज्ञापन पत्र बुझाएको छ ।

शैक्षिक विकृति विसंगतिको नियन्त्रण गर्दै व्यवहारमुखी, उत्पादनमुखी र व्यवसायिक मुखी शिक्षा प्रदान गर्न ज्ञापन पत्रमा माग गरिएको छ । ‘केही नाफामुलक उच्च माविहरुले लिने प्रवेशिका परीक्षामा अनियमितता भएका छ,’ ज्ञापन पत्रमा लेखिएको छ । उच्च माविहरुले लिने प्रवेश परीक्षा परिषदले लिने छात्रबृत्ति परीक्षा भन्दा पछाडि लिन अनेरास्ववियुले माग गरेको छ ।

छात्रबृत्ति दिने प्रतिशतलाई बढाएर कम्तीमा २० प्रतिशत पु¥याउनुपर्ने युनियनका अध्यक्ष शेखर गौतमले बताए । केही नाफा कमाउने उद्देश्यले सञ्चालन गरेका विद्यालयहरुको होडबाजीले विद्यार्थीहरुको भविष्यलाई अन्यौल बनाएको उनको आरोप छ ।

जुधाएर लिन खोजिएको प्रवेशिका परीक्षालाई तत्काल रोक्नलाई उच्च शिक्षा परिषदका प्रमुख अशोक न्यौपानेलाई अनेरास्ववियुले आग्रह गरेको छ । प्रवेशिका परीक्षा सुधार गर्न आफ्नो तर्फबाट गर्नसक्ने पहल गर्ने न्यौपानेले प्रतिबद्धता व्यक्त गरेका छन् ।

कमेन्टहरु
Loading...