गुण्डा नाइके गणेश लामा पक्राउ

काठमाडौ, जेठ ११ (सेतोपाटी)

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट अवैध रुपमा करोडौं कमाएको अभियोग लागेका गुन्डा नाइके गणेश लामालाइृ शनिबार दिउँसो राजधानीबाट पक्राउ गरिएको छ । अघिल्लो सातामात्रै विभागले २७ करोड १ लाख रुपैँया कमाएको अभियोगसहित लामाविरुद्द विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो ।

विजय गच्छदार नेतृत्वको मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्यसमेत रहेका लामा खुलेआम हिँडीरहँदा पनि विभाग र केन्द्रीय अनुसन्धान ब्यूरीयोको हानाथापले लामालाइृ अदालतमा अभियुत्त फरार भन्दै उनीविरुद्द मुद्दा  मुद्दा दर्ता गराएको थियो।

उनीसहित गुन्डा नाइकेहरु चक्रे मिलन, दिपक मनाङे, परशुराम बस्नेत र अभिषेक गिरीविरुद्ध विभागले मुद्दा दर्ता गरेर जिल्ला अदालतमार्फत वारेन्ट जारी गरिसकेको छ। चक्रे मिलन हिरासतमै छन्  भने अन्य तीन जना गुन्डा नाइके ‘फरार’ छन् । cp.

कमेन्टहरु
Loading...