जाईकाको आगमनले पोखरामा चाहिए जति पानी

पोखरा, ९ असार /पोखरामा बर्षो देखि हुदै आएको खानेपानीको समस्या अब सधैका लागि अन्त्य हुने भएको छ । जापानीज सस्था जाईकाले खानेपानीको लागि प्रस्ताव गरे अनुसारको संझौताको लागि कानुनी बाधा हटेकोले अब काम सुरु हुने नेपाल खानेपानी सस्थानका अध्यक्ष परमेश्वर पोखरेलले अब पानीको समस्या समाधान हुने बताएका हुन ।

पोखरामा सामुदायिक सुचना समाजले आयोजना गरेको पोखरामा खानेपानीकोे अबस्था तथा दुरदराजको समस्या बिषयक अन्र्तकृया कार्यक्रममा उनले अब पोखराले खानेपानीको समस्या भोग्न नपर्ने बताएका हुन । केही प्राबिधिक र कानुनी ब्यबधानहरु थिए , तर ति सबै समाधान भैसके , उनले सो अबसरमा भने । पोखरामा पानीको स्रोत प्रशस्त भएको भएपनि बैज्ञानिक बितरणको अभाव भएका कारण केही स्थानहरुमा सरकारी खानेपानी नै पुग्न नसकेको उनको भनाई थियो ।

बिगतमा भएका प्रयासहरु दिर्घकालिन हुन नसकेकोले अहिले समस्या आएको पोखरेलले बताए । अब भने बैज्ञानिक बितरण प्रणालीका माध्यम बाट काम हुनेमा उनले बिस्वास दिलाए । कार्यक्रममा नेपाल खानेपानी सस्थान पोखरामा निरन महर्जन पोखराको खानेपानीको अबस्थाको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमा पोखराको जनसंख्या बृद्धिदर पाँच प्रतिशत भएकोले पानी बितरणमा पनि थप जटिलता आएको उल्लेख छ । पानीको मुहानमा संरक्षण्को अभावका कारण बर्षनी समस्या आईरहने महर्जनको कार्यपत्रमा उल्लेख गरीएको छ ।

जाईकाको आगमनले पोखरामा चाहिए जति पानी
जाईकाको आगमनले पोखरामा चाहिए जति पानी

पोखराको खानेपानीको मुहानमा जिल्ला बिकास समिति कास्कीले र्निमाण सामाग्री निकाल्न दिएको ठेक्काका कारण पोखरामा पानीमा समस्या आउने उनले जोड दिए । जिबिस जस्तो जिम्मेवार निकायले उक्त कार्य गर्नु अचम्मको बिषय भएको उनको भनाई थियो । कार्यक्रममा सहभागिहरुले महतगौडा बासीले सरकारी पानीको मुख नदेखेको गुनासो गरे । बिकासहरु सबै माथि तिर नै हुन्छन , जसका कारण पोखराको बिच भागमा पर्ने वा नम्बर १७ सितापाईला क्षेत्र ओझेलमा परेको छ, उनीहरुको कार्यक्रममा भने ।

कार्यक्रममा नेकपा एमाले कास्की जिल्लाका अध्यक्ष कृष्ण थापाले आफु मेयर हुँदा बिच्छाएको पाईपमा १७ बर्ष पुग्दा पनि पानी नपुगेकोमा आश्चर्य प्रकट गरे । आफुले सुरु गरेको काम अहिलेपनि जहाँको तही रहेकोमा उनले देशको बिकास पनि यस्तै कारणमा प्रभावकारी नबनेको तर्क गरे । नेकपा माओबादी केन्द्रका केन्दीय सदस्य बखाँन सिंह तमुले जनताको आधारभुत कुराहरुमा राज्यले ध्यान नदिएकोको बताए ।

संबिधान र्निमाण पछि अब देशले बिकासमा फड्को मार्नुपर्नेमा उनले जोड दिए । नयाँ शक्ति कास्कीका संयोजक हेम बहादुर थापाले बिकासका लागि स्थानियहरु संग आफुहरु सधै संगै हुने बताए । नेपाली काग्रेस वडा नं १७का अध्यक्ष देवि आचार्यले सबै क्षेत्रहरुको सामुहिक प्रयत्नबाट त्यस क्षेत्रको बिकास हुने बताए । सामुदायि सुचना समाज कास्कीका सदस्य तथा कार्यक्रम संयोजक माधब पनेरुले सुचनाको बिकास र समग्र बिकासमा सुचनाको भुमिका बिषयक अबधारणा प्रस्तुत गरेका थिए ।

कमेन्टहरु
Loading...