विश्व संगित दिबसको उपलक्ष्यमा पोखरामा सष्ट्राहरू सम्मानित

पोखरा, ८ असार/नेपाली सङ्गीत आकाशका उज्जवल नक्षत्र राष्ट्रिय गानका संगितकार स्वर्गीय अमर गुरूङ प्रति समर्पीत भन्दै अलिमिया लोकवाङमय प्रतिष्ठान तथा पोखरामा रहेका विभिन्न १८ वटा वाङमय सस्थाहरुको सहआयोजनामा विश्व सङ्गीत दिवस २०७३ भब्य रूपले मनाईएको छ।

कार्यक्रममा क्षेत्रीय प्रशासक शंकर प्रसाद कोईरालाले यस्ता खालका संगितक कार्यक्रमले नयाँ प्रतिभाहरूको वृजारोपण हुने र सम्पुर्ण कला संस्कृतीको संरक्षण संवर्दनमा टेवा पुग्ने भन्दै स्वर्गीय अमर गुरूङले नेपाली गित संगितको क्षेत्रमा पुत्याएको अतुलनीय योगदान को चर्चा गरेका थिए।

त्यसैगरी कार्यक्रम मा सांगीतिक तथा कला क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै विभिन्न पाचँ जना सष्ट्राहरूलाई सम्मान गरिएको छ। बरिष्ठ संस्कृती कर्मी बुद्धी प्रसाद गुरूङ९गौरी०,सष्ट्रा बरिष्ठ गायिका बाबा राणा,सष्ट्रा समालोचक बरिस्ठ साहित्यकार डा।बाबुराम अधिकारी,बरिष्ठ संगितकर्मी जयकुमार परियार र चर्चीत गायिका रितु लामा लाई सम्मान गरिएको छ।

कार्यक्रममा १८ वटा सांगितक संस्थाले  प्रस्तुतीराखी उपस्थित सबैलाई मनोरञ्जन प्रदान गरेका थिए। विश्वको सबैभन्दा सानो ड्रम सेट बाधकको रूपमा गिनिज बुक अफ वल्ड रेकर्डमा नाम लेखाएका उत्प्रेम जोजिजुले पनि आफ्नो प्रस्तुती राखेका थिए।

अलिमिया लोकवाङ्मय प्रतिष्ठान पोखराका अध्यक्ष हनिफ मियाको सभापतित्वमा भएको कार्यक्रम मा अतिथि हरू बरिष्ठ लोकदोहोरी गायिका हरिदेवी कोईराला,बरिष्ठ संगितकर्मी तथा गायक पदमराज ढकाल,संगितकर्मी तथा गितकार श्रीमान् थुलुङ्,गायक विनित जोजिजु लगायतको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन अलिमिया वाङमय प्रतिष्ठानका कोषाध्यक्ष तुल्सी प्रवास ले गरेका थिए।

कमेन्टहरु
Loading...