राप्रपा नेपाल कास्कीको अधिवेशन असार १० मा

पोखरा, ७ असार/राप्रपा नेपाल कास्कीको असार १० गते हुने तेस्रो अधिवेशनको समुद्घाटन राप्रपा नेपालका केन्द्रीय अध्यक्ष तथा नेपाल सरकारका उपप्रधान, परराष्ट्र तथा स्थानीय विकास मन्त्री कमल थापाद्वारा हुने भएको छ ।

राप्रपा नेपाल कास्कीका अध्यक्ष जयलाल पुनको अध्यक्षतामा भएको विशेष बैठकले उक्त निर्णय गरेको हो । बैठकले अधिवेशनको तयारी तिव्रगतिमा अघि बढिरहेको समेत अध्यक्ष पुनले जानकारी गराउनुभएको थियो । बैठकले तेस्रो अधिवेशनलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न सम्पूर्ण पार्टी कार्यकर्ता एवं भातृसंगठनलाई अनुरोध गरेको छ ।

बैठकले आर्थिक तथा सांगठानिक प्रतिवेदन समेत अनुमोदन गरेको छ । बैठकले प्रचार प्रसार संयोजकमा मिडिया नेपालका केन्द्रीय उपाध्यक्ष सूर्य बास्तोला तथा आर्थिक संयोजकमा जिल्ला सहसचिव रञ्जना सेन पौडेललाई जिम्मेवारी तोकेको छ ।बैठकले पोखरा सभागृहमा हुने अधिवेशनको उद्घाटन सत्रमा सम्पूर्ण आम पोखरेली कार्यकर्ता, पार्टीका शुभचिन्तक तथा संघसंस्थाका प्रतिनिधिहरुलाई उपस्थितिका लागि समेत आग्रह गरेको छ ।

बैठकको संचालन सचिव अर्जुन बहादुर बस्नेतले गर्नुभएको थियो । बैठकमा केन्द्रीय सदस्यहरु, जिल्लास्थित पदाधिकारीहरु, भातृसंगठनका पदाधिकारीहरु, वडा तथा इकाईका पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो ।

कमेन्टहरु
Loading...