फेवा विकास बैंकको तालचोक शाखाबाट कारोबार सुरु

पोखरा, ७ असार /फेवा विकास बैकले कास्कीको लेखनाथ नगरपालिकाको तालचोक शाखाबाट कारोबार शुभारम्भ गरेको छ ।

शाखाबाट निक्षेप संकलन, सहज र सरल रुपमा कर्जा प्रवाहको साथमा ABBS, ATM, SMS बैकिङ्ग, लकर, सुनधितोमा कर्जा सुविधा, रेमिट्यान्स सेवा,सहितको पूर्ण बैकिगं सेवा संचालन गरिएको प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले जानकारी दिए । निकट भविष्यमा म्याग्दीको बेनी शाखाबाट पनि कारोबार सञ्चालन गरिने थापाले जानकारी दिए ।

फेवा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०७२÷७३ को तेस्रो त्रैयमासमा संचालन मुनाफा २६ करोड आर्जन गर्न सफल भएको थियो भने सोही अवधी सम्म निक्षेप १० अर्ब ६३ करोड पु¥याएको छ भने कर्जातर्फ ९ अर्ब ३३ करोड पु¥याएको छ । देशको विषम परिस्थितिका वावजुत पनि यस प्रकारको वृद्धिलाई वैकले सकारात्मक रुपमा लिएको छ ।

वैकले केन्द्रिय कार्यालय सहित देशका विभिन्न ठाउँहरुमा गरी २८ वटा शाखा कार्यालय मार्फत सेवा दिदै आएको छ ।

कमेन्टहरु
Loading...