पोखरा उद्योग वाणिज्य संघका महिला टोलि लेखनाथ भ्रमणमा

लेखनाथ, ७ असार/विभिन्न जिल्ला तथा नगर उद्योग वाणिज्य संघका महिला उद्यमीहरुले गरेका क्रियाकलापको अध्ययन अवलोकन भ्रमणको क्रममा लेखनाथ पुगेका छन् । पोखरा उद्योग वाणिज्य संघका महिला उद्यमी विकास उपसमितिको भ्रमण टोलीको सम्मानमा लेखनाथ उद्योग वाणिज्य संघले स्वागत एवं छलफल कार्यक्रम आयोजना गर्यो ।

लेखनाथ उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य एवं महिला उद्यमी विकास उपसमितिका संयोजक डिलकुमारी .(सन्ध्या) दाहालको अध्यक्षतामा आयोजना गरिएको सो स्वागत कार्यक्रममा महिला उद्यमी विकास उपसमितिका कार्यवाहक सभापति सिता गुरुङले भ्रमणको उद्देश्य र महिला उद्यमीहरुले गरेका विभिन्न क्रियाकलापका बारे जानकारी गराउनु भएको थियो ।

उक्त स्वागत तथा छलफल कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका द्धितीय उपाध्यक्ष बलराम ढकालले पोखरा र लेखनाथ उद्योग वाणिज्य संघलाई छुट्टाछुट्टै संघको रुपमा हेर्न नमिल्ने बताउनुहुदैं एकअर्काले आयोजना गरेका हरेक कार्यक्रममा दुवैको सक्रिय सहभागिता रहको स्मरणगर्नुहुदैं महिला उद्यमशिलता विकासका लागि सवै एक हुनु पर्ने वताउनुभएको थियो ।

लेखनाथ उद्योग वाणिज्य संघको क्रियाकलाप र महिला उद्यमीहरुले गरेका गतिविधिहरुका बारे संघका सहायक अधिकृत पवित्रा श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उक्त कार्यकक्रमा लेखनाथ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष कृष्णहरि भण्डारी, महासचिव छत्रधर आत्रेय, कोषाध्यक्ष गोपिचन्द्र बास्तोला, कार्यसमिति सदस्यद्धय ऋषिराम जमरकट्टेल र दयाराम तिवारी, महिला उद्यमी विकास समिति सदस्य महामाया गौतम, लक्ष्मी प्रधान, लक्ष्मी बास्तोला, लक्ष्मी ढकाल, हरिमाया पोख्रेल, गंगा थापा लगायतले यस प्रकारको भ्रमणले दुई संघ विचका महिला उद्यमीहरुको सम्वन्ध अझ प्रगाढ हुदै जाने र व्यवसायीक विकासमा टेवा पुग्ने वताउनु भएको थियो ।

महिला उद्यमी विकास उपसमिति सदस्य चन्द्रा शर्मा .(तिवारी)ले संचालन गर्नुभएको उक्त कार्यक्रममा उपसमिति सल्लाहकार मेनुका श्रेष्ठले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

कमेन्टहरु
Loading...