पोखरामा एकता विद्यालय ह्याण्डवल प्रतियोगिता सुरु

पोखरा ६, असार/दोश्रो एकता बुक्स अन्तर बिद्यालय छात्र÷छात्रा ह्याण्डवल प्रतियोगितामा सोमबार भएको छात्र तर्फ भएको उदघाटन खेलमा सैनिक आवाशिय महाविद्यालयले पोखरा लनर्स लाई ३०–६ को भारि गोल अन्तर पराजित गरेको छ ।

सोमबार सम्पन्न छात्र तर्फको अन्य खेलमा सरस्वती ले रेन्वोलाइ १९–०३ ले सोसियल पव्लिकले वेल नोन एकाडेमी लाई १९–०२ ले, माउन्ट अन्नपुर्णले चिल्डे«न एकाडेमीलाई १५–१२ ले, जनप्रियले त्रिवेणीलाई १४–०२ गोलले पराजित गरेका छन ।
यसै गरि छात्रा तर्फ भएको खेलमा माउन्ट अन्नपुर्णले जनप्रियलाई ४–१ले, लिटल स्टेपले शान्ति दिपलाई १२–१ ले ज्ञानज्योतीले वेल नोन लाई १२–१ ले, एसओएस ले त्रिवेणीलाई ३–१ ले सोसियल पव्लिकले कान्तीपुर एकाडेमीलाइ ३–२ ले, गण्डकीले पोखार लर्नस लाई १५–०२ र सृजनाले पोखरा एकडेमीलाई ५–३ गोल अन्तरले पराजित गरेका छन ।

नेपाल ह्याण्डवल संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटिका सदस्य तेज बहादुर गुरुङले उक्त प्रतियोगिताको उद्घाटन गर्दै ओलोम्पिक दिवसको महत्व माथि प्रकाश पार्दै खेलकुद संग आवद्ध सवै संघहरुलेयस अवसरमा प्रतियागिताहरु आयोजना गर्नु पर्ने कुरामा जोड दिए । उनले आफ्नो पठन–पाठनमा ध्यान दिैदै साथै खेलकुदलाई पनि संगै अगाडी बढाउन उनले बिद्यार्थीहरुलाई आग्रह गरे ।

पोखरामा एकता विद्यालय ह्याण्डवल प्रतियोगिता सुरु
पोखरामा एकता विद्यालय ह्याण्डवल प्रतियोगिता सुरु

जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष यम बहादुर गुरुङले बिद्यालय स्तरीय ह्याण्डवल प्रतियोगिताले नयाँ खेलाडीहरु उत्पादन हुने विश्वास व्यक्त गरे । एकता बुक्सका पब्लिक रिलेसन अफिसर संजय अधिकारीले नेपालको वातावरण सुहाँउदो खेल ह्याण्डवलमा एकता बुक्सले सम्भावना देखेर प्रतियोगिता निरन्तरताको लागि प्रायोजना गर्दै जाने बताए ।

प्रतियोगितामा कास्की जिल्लाका निजी तथा सामुदायिक बिद्यालयका छात्रतर्फ १७ र छात्रा तर्फ १६ टिमको सहभागिता रहेको संघका अध्यक्ष श्रीकृष्ण अधिकारीले बताए । विजेता टिमलाई १० हजार, उपविजेतालाई ५ हजार र तेश्रो हुनेलाई ३ हजार साथमा ट्रफी, मेडल र प्रमाण–पत्र वितरण गरीने भएको छ ।

शसस्त्र प्रहरी कालिका गणको खेल मैदानमा चार दिनसम्मसंचालन हुने प्रतियोगिता सम्पन्न गर्न करीब २ लाख ७० हजार खर्च लाग्ने भएको विद्यालय ह्याण्डबल संघ कास्कीका सचिव खिम गुरुङले बताए । प्रतियोगितामा लिग र नक आउट चरण गरि कुल ६८ खेलहरु हुनेछन ।

कमेन्टहरु
Loading...