चलचित्र ‘लुकामारी’को पोखरामा प्रिमियर च्यारीटि सो हुने

पोखरा, ६ असार /चलचित्र लुकामारीको पोखरामा प्रिमियर च्यारीटि शो हुने भएको छ । असार १० मा रिलिज हुन लागेको चलचित्रको बुधबार चिप्लेढुङ्गा स्थित पोखरा सिनेप्लेक्समा प्रिमियर हुने भएको हो ।

‘सबै तयारी पुरा भैसकेको छ’ प्रिमियरका लागी पोखराको व्यवस्थापन हेरिरहेका देब क्षेत्रीले भने ‘अब हामी दर्शकको पर्खाइमा छौं ।’ प्रिमियरमा चलचित्रका सबै कलाकारको उपस्थिती रहने उनले बताए । सुरजमान सिं भण्डारीले निर्माण गरेको चलचित्रलाई श्रीराम दाहालले निर्देशन गरेका हुन् । चलचित्रमा कलाकारहरु सौगात मल्ल, कर्मा शाक्य, सुरबिना कार्की, रिश्ता बस्नेत, कृष्ण महर्जन लगायतको अभिनय रहेको छ ।

प्रिमियरका लागि दर्शकलाई ५०० रुपैयाको टिकट राखिएको छ । संकलित रकम बाटुलेचौरमा अवस्थित अन्नपुर्ण सेल्फ सष्टेइनिङ अर्फानेजमा रहेका अनाथ बालबालीकाको लागि खर्चिने अर्का व्यवस्थापक महेश्वर सिं भण्डारीले जानकारी दिए । ‘चलचित्र मनोरञ्जनका लागि मात्र नभएर समाजका लागी पनि होस् भन्ने हेतुले हामीले अनाथालयलाई सहयोग गर्न लागेका हौं, आशा छ दर्शकहरुको उल्लेख्य उपस्थिती रहनेछ’ उनले भने ।

कमेन्टहरु
Loading...