काबुलमा तालिवानी आत्मघाती आक्रमणमा १४ नेपालीको मृत्यु

काबुल, ६ असार /अफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको आत्मघाती बम बिस्फोटमा परि १४ नेपालीको मृत्यु भएको पुष्टि भएको छ।

त्यहाँ रहेका पत्रकार सुबेल भण्डारीका अनुसार मृत्यु भएका नेपालीहरु साब्रे सेक्युरिटी कम्पनीमा काम गर्थे। सो कम्पनीले ती नेपालीलाई क्यानडियन राजदूतावासमा सुरक्षा गर्न खटाएको थियो।

काबुलमा तालिवानी आत्मघाती आक्रमणमा १४ नेपालीको मृत्यु
काबुलमा तालिवानी आत्मघाती आक्रमणमा १४ नेपालीको मृत्यु तस्विर ः एजेन्सी

बिस्फोटमा अन्य सात जना नेपाली घाइते भएका छन्। जलालावादस्थित क्याम्पमा जानका लागि निस्केको बेला उनीहरु चढेको बसमा आक्रमण भएको थियो। उनीहरु चढेका दुई बस मध्ये आक्रमणकारीले पहिलो बस निस्केपछि दोस्रो बसमा आक्रमण गरेका थिए। उनीहरुले क्याम्प जान सिभिलियन बस प्रयोग गरेका थिए।

बसमा हतियार र सुरक्षाकर्मी थिएनन्। बस एकै समयमा दिनहुँ क्याम्पका लागि छुट्ने गथ्र्यो। आक्रमणकारी बस निस्कने बाटोमा ढुकेर बसेको प्रहरीले जनाएको छ। तालिवानको प्रवक्ता जबिल्लाह मुजाहिदले ट्वीटरमार्फत आक्रमणको जिम्मा लिएका छन्। परराष्ट्र मन्त्रालयले घटनाका बारेमा विस्तृत विवरण आइनसकेको बताएको छ।

कमेन्टहरु
Loading...