उच्चमाविमा धाउदै विद्यार्थी, एकै दिन परीक्षा पर्दा मर्कामा ( कहिले सम्म र्फम, कहिले परिक्षा सहित)

पोखरा, ५ असार /एसएलसी परीक्षामा सहभागी भई उच्चमावि पढ्ने तरखरमा लागेका विद्यार्थीलाई अहिले पोखराका उच्च मावि धाउदैमा ठिक्क छ । उनिहरु उच्च मावि पढ्नका लागि र्फम भर्न ठाउँ ठाउँका कलेजमा पुग्ने गरेका छन् । अहिले पहिलो चटारो उच्च मावि धाउनेहरुमा विज्ञान लिएर पढ्न चाहानेका लागि भएको छ ।

विज्ञान संकायमा राम्रो पढाइ हुने नाम कहलीयका उच्च माविमा विद्यार्थीको घुइचो छ । पोखरा लामाचौरमा रहेको गण्डकी उच्च मावि, एसओएस उच्च मावि, अरमसिंह उच्च मावि, सगरमाथा उच्च मावि, पोखरा उच्च मावि, मदरल्याड उच्चमावि, स्टेप बाई स्टेप उच्च मावि लगाएतका विद्यालयमा विद्यार्थीहरु फर्म लिन र बुझाउन धाइ रहेका छन् । तर कतिपय उच्च माविको परिक्षा एक दिन र एउटै समयमा पर्दा विद्यार्थीहरु मर्कामा परेका छन् ।

गण्डकी उच्च मावि, एसओएस उच्च मावि, अरमसिंह उच्च मावि, सगरमाथा उच्च माविमा ९ गते सम्म परिक्षा र्फम भर्ने म्याद छ । ११ गते गते परिक्षा छ । गण्डकी उच्च माविमा ११ बजे छ भने अरमसिंह उच्च माविमा १०ः३० मा छ । त्यसै गरि एसओएस उच्च माविमा विहान ७ बजे छ भने सगरमाथा उच्च माविमा दिऊसो २ बजे रहेको छ ।

त्यसैगरि पोखरा उच्च मावि, मदरल्याड उच्चमावि, स्टेप बाई स्टेप उच्च माविमा ११ गते सम्म फर्म भर्ने म्याद छ भने १२ गते परिक्षा छ । मदरल्याड उच्चमावि १० बजे छ भने स्टेप बाई स्टेपमा २ बजे परिक्षा रहेको छ । त्यसै गरि पोखरा १ सिमपानीमा रहेको केफ उच्च माविमा पनि ११ गते सम्म र्फम भर्न सकिने र १२ गते ११ बजे परिक्षा रहेको विद्यालयले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...