कास्की काङ्ग्रेसको प्रचारको जिम्मा सिग्देललाई

पोखरा, ५ असार/ नेपाली काङ्ग्रेस कास्कीको आइतबार बैठक बसेको छ। बैठकमा पार्टीद्वारा सञ्चालित गतिविधिहरुको समीक्षा गरिएको छ। बैठकले पार्टीका गतिविधि प्रचार प्रसारका लागि आवश्यक समन्वय गर्ने जिम्मेबारी जिल्ला सदस्य नवीन सिग्देललाई दिएको छ।

बैठकले कास्की क्षेत्र नं १, २ र ३ मा हुन बाँकि रहेको महासमिति सदस्य र पोखरा – १८ इकाई सभापतिको निर्वाचन गर्ने निर्णय गरेको छ। त्यस्तै, कास्कीका गाउँहरुमा खटाइएका जिल्ला सदस्यहरुबाट भदौ पाँच गतेसम्म प्रतिवेदन संकलन गर्ने निर्णय गरेको छ।

यसैवीच, कास्की काङ्ग्रेसका सभापति कृष्ण के.सीले सुनयना पालिखेलाई आमन्त्रित जिल्ला सदस्यमा मनोनयन गरेका छन्। बैठक कास्की काङग्रेसका सभापति कृष्ण के.सीको अध्यक्षतामा भएको छ।

कमेन्टहरु
Loading...