अग्रसर आठ वर्षमा प्रबेशगर्दा ३१ युनिट रगत संकलन

पोखरा ५ असार/अग्रसर वचत तथा ऋण सहकारी संस्था पोखरा १७ बिरौटाले संस्थाको ८ औं बार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

सहकारीले ७ बर्ष पुरा गरि ८ वर्षमा प्रबेश उपल्यक्ष आयोजना गरेको कार्यक्रममा ३१ जनाले रक्तदान गरेका छन् । सहकारी तथा प्रशिक्षण डिभिजन कार्यलयका प्राचार्य बद्रीनाथ अधिकारीले रक्तदाता कार्यक्रम संयोजक दुर्गा अधिकारीलाई ब्लड ब्याग हस्तान्तरणा गरी उद्घाटन गरेका थिए ।

अधिकारीले गरिबी निबारणको लागि सहकारीको भुमिका महत्वपुर्ण रहेको बताए । उनले सबै सहकारीमा आवद्ध भएर गरिबी निबारणमा लाग्न आग्रह समेत गरे । समाज बिकासमा समेत यसले टेवा पुग्ने उल्लेख गरे । कार्यक्रममा पत्रकार महासंघ केन्द्रिय सदस्य सुस्मा पौडेल , रत्तसंचार केन्द्रका प्राबिधिक महेन्द्र केसी ,टोल सुधार समितिका अध्यक्ष लिला पंगेनी लगाएतले रत्तदानको महत्वका बारेमा बोलेका थिए ।

हरेक सहकारीले बार्षिकरुपमा नै कार्यक्रमको आयोजना गर्ने गरेमा रगतको अभाबमा कोई पनि अस्पतालको शैयामा छट्पटाउन नपर्नेमा जोड दिएका थिए । संस्थाका अध्यक्ष दुर्गा कुमारी आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा उद्धेश्यमाथी संयोजक दुर्गा अधिकारीले गरेकी थिइन भने संचालन रजनी बरालले गरेकी थिइन ।२०६५ सालमा स्थापना भएको सहकारीमा २७० जना महिला मात्र सदस्य रहेका छन् ।

कमेन्टहरु
Loading...