अभियान युवा क्लबमा अध्यक्षयमा केसी

पोखरा, ५ असार /पोखरा ५ मा रहेको अभियान युवा क्लबको १०औं साधारणसभा तथा तेस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनले मोहन बहादुर केसीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

जसमा निबर्तमान अध्यक्ष बसन्त गिरी, प्रथम उपाध्यक्षमा मुक्ति बिजुक्छे, द्धितिय उपाध्यक्षमा जय प्रकास थापा, सचिवमा राजु गिरी, सह–सचिवमा बिनोद क्षेत्री, कोषाध्यक्षमा इन्द्र राना र सह–कोषाध्यक्षमा विदुर शाहीलाई चयन गरिएको छ । यस्तै सदस्यमा ध्रुवबहादुर नेपाली, धर्मेन्द्र घर्ती, कृष्ण थापा, बिक्रम थापा ‘बिट्टु’, सरस्वती गिरी रहेका छन् ।

अभियान युवा क्लबमा अध्यक्षयमा केसी
अभियान युवा क्लबमा अध्यक्षयमा केसी

उज्जवल खत्रीको संयोजकत्वमा ३ सदस्यीय निर्वाचन मण्डलले प्रस्ताव गरेको कमिटि सर्वसम्मत चयन भएको हो । निर्वाचन मण्डलको सदस्यमा राजाराम शाही र धर्मराज खत्री रहेका थिए ।  यसअघि कार्यक्रमको उद्धघाटन गर्दे प्रमुख अतिथी मेट्रोसिटी अस्पतालका अध्यक्ष तथा वरिष्ठ हाडजोर्नी÷नशारोग विशेषज्ञ डा. भरत बहादुर खत्रीले क्लवले गरेको प्रगतिको प्रशंसा गर्दै वातावरण क्षेत्रले मानव जिवनमा प्रत्यक्ष असर पर्ने हुनाले यसमा ध्यान दिनु जरुरी रहेको कुरा बताए ।

क्लबका अध्यक्ष जगदिशप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मनत्व्य उपाध्यक्ष मोहनबहादुर केसीले राखेका थिए । कार्यक्रममा सचिवको प्रतिवेदन सचिव जयप्रकाश थापाले प्रस्तुत गरेका थिए भने कार्यक्रमको संचालन सह–सचिव राजु गिरीले गरेका थिए ।

कमेन्टहरु
Loading...