चालकको लापरबाहीले ज्यान गए जन्मकैदको सजाय

काठमाडौं, ४ असार/संसदमा विचाराधीन एउटा विधेयक जस्ताको तस्तै पारित भएमा ज्यान मार्ने उद्देश्यले सवारी दुर्घटना गराउने र लापरबाहीका कारण व्यक्तिको ज्यान जाने गरी दुर्घटनामा पर्ने चालकले बराबरी सजाय पाउने भएका छन्। आजको कान्तिपुर दैनिकमा समाचार छन्।

संसदले गत बुधवार सैद्धान्तिक रुपमा स्वीकृत गरेको केही ुनेपाल कानुनलाई संशोधन, एकीकरण, संयोजन र खारेजु गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा बदनियतले दुर्घटना गराई व्यक्तिको ज्यान मार्ने र लापरबाहीका कारण व्यक्तिको ज्यान जाने गरी दुर्घटनामा पर्ने चालकले जन्मकैदको सजाय पाउने उल्लेख छ।

प्रचलित कानुन अनुसार जन्मकैद भन्नाले २० वर्ष जेल सजाय बुझिन्छ। विधेयकमा सजाय परिमार्जन गर्नुपर्नाको कारणमा अपराध संहिता अनुरुपको सजायको व्यवस्था गर्न आवश्यक भएको उल्लेख छ।

कमेन्टहरु
Loading...