ह्याण्डबल प्रतियोगितामा चालिस टिमको सहभागिता हुने

पोखरा, ३ असार /अन्तराष्ट्रिय ओलोम्पिक दिवस तथा अन्तराष्ट्रिय ह्याण्डबल दिवसका अवसरमा कास्की जिल्ला विद्यालय ह्याण्डबल संघको आयोजनामा असार ६ देखि ९गते सम्म दोश्रो एकता अन्तर विद्यालयछात्रा÷छात्र ह्याण्डबल प्रतियोगित हुने भएको छ । प्रतियोगितामा ४० टिमको सहभागिता रहने छ ।

पोखरामा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका संयोजक अशोक शाहीले जानकारी गराउँदै प्रतियोगितामा छात्रा तर्फ २० र छात्रतर्फ २० टिमको सहभागिता रहने वताए । प्रतियोगिताको प्रायोजन एकता पव्लिकेशन हाउस काठमाडौले गर्ने भएको छ । नेपाल ह्याण्डबल संघको तत्वाधानमा आयोजना हुने प्रतियोगिताको नेपाल आलोम्पिक कमिटीको समेत सहयोग रहने भएको संघका सचिव खिम गुरुङ्गले जानकारी गराए ।

ह्याण्डबल प्रतियोगितामा चालिस टिमको सहभागिता हुने
ह्याण्डबल प्रतियोगितामा चालिस टिमको सहभागिता हुने

प्रतियोगिता सम्पन्नगर्न करिव २ लाख७० हजार खर्च लाग्ने र सम्पु्र्ण खेलहरु सशस्त्रप्रहरी बलकोश्री कालिकागणको खेलमैदान मालेपाटन हुने भएकाछन । प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय टिमहुने टिमले क्रमश नगद १० हजार, ५ हजार र रु. ३ तिनहजार प्राप्तगर्ने भएका छन भने विजयीटिमले ट्रफी, पदक र प्रमाण–पत्रप्रदानगरिने भएको छ ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी, सर्वाधिकगोलकर्तालाई क्रमशनगद एक–एक हजारका साथमाट्रफी र प्रमाण–पत्रप्रदानगरिनुका साथै अनुशासितटिमलाई ट्रफी र प्रमाण–पत्र समेत प्रदानगरिने भएको छ । सम्मेलनमा नेपाल आलोम्पिक कमिटीका सदस्य एवम नेपालह्याण्डबल संघका अध्यक्ष तेज गुरुङ्ग, एकता पव्लिकेशनका सञ्जय अधिकारी र कास्की जिल्ला विद्यालय ह्यमण्ड बल संघकाअ ध्यक्ष श्रीकृष्ण अधिकारीले प्रतियोगिताका विविधपक्षबारे जानकारी गराएका थिए ।

कमेन्टहरु
Loading...