पैसामा कुरा नमिल्दा बृद्धाको हत्या, हत्यामा संलग्न एक पक्राउ

पोखरा, ३२ जेठ /पोखरा उपमहानगर पालिका ६ बैदाम स्थित घरमा घाटी रेटिई मृत अवस्थामा फेला परेकी पूर्ण देवी सुनारलाई कर्तव्य गरी हत्या गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

धनुषा जिल्ला तुलसी गाविस ९ घर भई हाल पोखरा ७ मासवार ३७ बर्षिय प्रेम माझी भन्ने गोपाल माझीलाई हत्या आरोपमा प्रहरीले पक्राउ गरेको हो । प्रहरीले कास्की जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्वामा म्याद थप गरी अनुसन्धान थालेको जानकारी दिएको छ ।

गोपाल माझीले मृतक पूर्ण देवीको घरमा खेतवारी तथा घरको कामकाजमा सघाउने गरेको र पैसाको विषयमा विवाद भई सोही रिसका हत्या गरेका प्रहरीले जानकारी दिएको छ । मृतक पूर्ण देवीको घरमा रहेको चक्कुले घाँटी रेटी कर्तव्य गरी ज्यान मारी फरार भएको प्रारम्भिक सोधपुछको क्रम माझीले बताएको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...