सुशासनका लागि संचार क्षेत्रको महत्व बढि

पोखरा, ३२ जेठ/सुशासनका प्रबद्र्धनका लागि नागरिक संलग्नता बढाउन संचार क्षेत्रको भूमिका विषयक अन्तक्र्रिया पोखरामा सम्पन्न भएको छ । विकास संचार समाज नेपालको आयोजनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँगको सहकार्य गरी सुशासन प्रबद्र्धनका लागि नागरिक संलग्नता बढाउन उक्त कार्यक्रम आयोजना गरिएको हो ।

सोमबार सम्पन्न अन्तक्र्रियामा सार्वजनिक पद धारण गरेका कुनै पनि व्यक्तिले अख्तियारको दुरुपयोग गरेमा कडा भन्दा कारबाही गर्नुपर्नेमा जोड दिँदै यस प्रक्रियामा संचार क्षेत्रको महत्वपूर्ण भूमिका रहने बताए । सर्वसाधारणलाई सुसूचित गर्न संचार क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकोले सुशासन प्रबद्र्धनमा यसलाई बिर्सन नहुने उनीहरुको जोड छ ।

कास्कीका स्थानीय विकास अधिकारी दोमादर भण्डारीले कानुनभन्दा बाहिर गए जुनसुकै व्यक्तिलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए । उनले कास्कीको समग्र विकास निर्माणका प्रक्रियाबारे बोल्दै आफू यहाँ आइसकेपछि काम कारबाही चुस्त र दुरुस्त बनाउन लागीपरेको दाबी गरे । उनले गतवर्षको भूकम्प, विभिन्न व्यवधानका बाबजुद जिल्लामा पुँजीगत खर्च ५० प्रतिशत नाघेको उल्लेख गरे ।

कार्यालयमा सेवाग्राहीलाई सहजताका लागि नागरिक बडापत्र डिजिटल बनाउन लागिएको जानकारी दिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराका प्रमुख डिल्लीराम शर्माले सुशासन स्थापन गर्न अख्तियार लागि परेको बताए ।

कमेन्टहरु
Loading...