दोहोरी कलाकारद्धारा साँगीतिक माहोलमा रक्तदान

पोखरा, ३२ जेठ/गीत संगीतको तालमा रक्तदान गर्ने अवसर रक्तदातालाई पोखरामा मंगलबार जु¥यो । यो अवसर जुराएको थियो राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान गण्डकीले । वि.स.२०६८ सालदेखि निरन्तर रक्तदान कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक सुरेन्द्र गुरुङ्ग बताउँछन् ।

विश्व रक्तदाता दिवसको अवसरमा प्रतिष्ठान गण्डकीको आयोजनामा भएको कार्यक्रममा ७५ युनिट रगत संकलन भएको थियो । मुक्तिनाथ वाहिनीका सहायक वाहिनीपती एसएसपी कृष्णभक्त बर्माचार्यले पहिलो रक्तदाता प्रतिष्ठान गण्डकीका महासचिव घनश्याम रिजालललाई व्लड व्याग हस्तान्तरण गरी कार्यक्रम सुरु गरेका थिए ।

कार्यक्रममा वरिष्ठ लोक दोहोरी गायक प्रजापती पराजुली र पुरुषोत्तम न्यौपाने, वरिष्ठ लोक दोहोरी गायीका हरिदेवी कोइराला, लोक दोहोरी कलाकारहरु केशव देवकोटा, राम्जी पौडेल, निसा पोखरेल, मञ्जु विक लगायतले आफ्नो प्रस्तुती मार्फत रक्तदाता र उपस्थित दर्शकलाई मनोरञ्जन दिलाएका थिए । नेपाल रेडक्रस सोसाइटी कास्की, राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान कास्की, पोखरा लोक संगीत समुहको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिष्ठान गण्डकीका अध्यक्ष जीवन दाहालको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष शंकर विरही गुरुङ, महासचिव घनश्याम रिजाल, सचिव एवंम कार्यक्रम संयोजक सुरेन्द्र गुरुङ लगायतले बोलेका थिए । कार्यक्रममा ६८ पटक रक्तदान गर्ने विक्रम उदास, लोक दोहोरी अवार्ड जितेकोमा जीवन दाहाल र भलिवल संघको केन्द्रिय उपाध्यक्षमा चयन भएकोमा याम गुरुङलाई सम्मान गरिएको थियो ।

कमेन्टहरु
Loading...