पामे, ठुलाखेत, घाँटीछिना मोटरबाटो निमार्ण गर्न जग्गा तथा घर दानमा लिन सुचना प्रकासन

सागर राज तिमिल्सिना
पोखरा, ३२ जेठ/विश्व बैंकको लगानीमा फेवाताल किनार हुँदै घाँटीछिनासम्म पुग्ने मोटरबाटोमा पर्ने जग्गा दानमा लिन सुचना प्रकासित गरेको छ । जिल्ला विकास समिति जिल्ला प्राविधिक कार्यालय कास्कीले सुचना प्रकासित गरेर मोटरबाटो किनारामा पर्ने जग्गा तथा घर दानमा लिन सुचना प्रकासन गरेको छ ।

प्रकासित सुचन अनुसार ६ सय ३२ वटा कित्ताको जमिन र ९५ वटा घर तथा कटेरोहरु रहेका छन् । बाटोमा भदौरे तामागी, चापाकोट, कास्कीकोट गाविस र पोखरा २६ सराङकोटका स्थानीयको जग्गा तथा घर पर्दछ । जिल्ला विकास समितिको योजना भित्र परे पनि स्थानीय निकायको बजेटले नभ्याउँने यो सडकमा विश्व बैंकले लगानी गर्ने यो सडकमा र ताललाई असर नपर्ने गरी काम गर्नेका अध्ययन भइसकेको छ । बैदाम पामे सडक २०४८ सालमा खुलेको भए पनि स्तरोन्नती हुन नसक्दा सहज यातायात आवागमन हुन सकेको छैन । विश्व बैंकको एसएनआरटीपी परियोजना अन्तर्गत १३ किलोमिटर लामो सडक बन्न लागेको हो ।

पामे, ठुलाखेत, घाँटीछिना मोटरबाटो निमार्ण गर्न जग्गा तथा घर दानमा लिन सुचना प्रकासन
पामे, ठुलाखेत, घाँटीछिना मोटरबाटो निमार्ण गर्न जग्गा तथा घर दानमा लिन सुचना प्रकासन

बाटोलाई चाक्लो बनाउँदा स्थानीय बासिन्दाको घर जग्गा पर्ने भए पनि मुआब्जाको व्यवस्था नभएका कारण सुचना प्रकासन गरेको हो । लेकसाइडको हल्लनचोकदेखि पामेसम्मको छ किलोमिटर खण्डको बाटो दुई लेनको र पामेबाट ठुलाखेत हुदै घाटिछिना सम्मको सडक कालोपत्र हुनेछ । स्वदेशी तथा विदेशी पर्यटकको आकर्षको केन्द्र फेवाताल अवलोकन र लेकसाइडको बजार विस्तारका बाटो निकै महत्वपूर्ण रहने कास्कीका प्रमुख जिल्ला इन्जिनियर नारायणप्रसाद श्रेष्ठले बनाए । उनले १३ किलो मिटर सडक निमार्णका लागि करिब २६ करोड अनुमान गरिएको जानकारी दिए । उनले सडक सगँ चापाकोट भदौरे तामागी जोडेने खहरे खोलामा ९० मिटर लामो पुल निमार्ण हुने बताए ।

पामे, ठुलाखेत, घाँटीछिना मोटरबाटो निमार्ण गर्न जग्गा तथा घर दानमा लिन सुचना प्रकासन
पामे, ठुलाखेत, घाँटीछिना मोटरबाटो निमार्ण गर्न जग्गा तथा घर दानमा लिन सुचना प्रकासन
कमेन्टहरु
Loading...