सागर राज तिमिल्सिना
पोखरा, ३२ जेठ /एसएलसी परिक्षा नतिजा आउने दिन नजिकिदै जादा उच्च माध्यमिक शिक्षा परिषद् पोखरा कार्यालयमा १२ वटा विद्यालयले उच्च माविका लागि निबेदन दिएका छन् ।
गण्डकी र धौलागिरी अञ्चलका १२ वटा विद्यालयबाट उच्च माविका लागि निबेदन परेको उच्च माध्यमिक शिक्षा परिषद पोखराका शाखा अधिकृत तथा सुचना अधिकृत कमलप्रसाद अर्यालले जानकारी दिए । उनले कास्कीबाट १० वटा निजीविद्यालय, बाग्लुङको एक सामुदायीक विद्यालय र तनहुँको एक निजी विद्यालयको निबेदन परेको जानकारी दिए । निबेदन परेक विद्यालयहरुको अनुगमन भई रहेको र प्रक्रिया पुगेका विद्यालयलाई उच्च मावि सञ्चालनको अनुमति दिने

उच्च मावि सञ्चालकनका लागि विद्यालयको भौतिक पुर्वाधार, जनशक्ति, विद्यार्थी संख्या लगायले प्रक्रिया पुरा गर्नु पर्दा धेरै विद्यालयको आबेदन नदिएको बताए । गण्डकी धौलागिरीमा ४ सय ९४ वटा उच्च मावि छन् भने ति मध्ये १२ वटा प्राविधिक शिक्षा प्रदान गर्ने उच्च मावि रहेको बताए ।
त्यसै गरि कास्कीमा २ वटा प्राविधिक पढाइ हुने उच्च मावि सहित १ सय २० वटा उच्च मावि छन् । अर्यालले प्राविधिक तर्फको परिक्षा असार समान्त सम्ममा हुने बताए । गण्डकी धौलागिरीमा कक्षा ११ र १२ मा करिब ५० हजार विद्यार्थी अध्ययनरत छन् । सय वर्षबाट गेडिङ प्रणालीले अझ विद्यार्थी पढेने अनुमान छ । अर्यालले कार्यालयमा जनशक्ति कम हुदा हुदै पनि सेवामा कमि नल्याएको बताए ।