फोहर व्यवस्थापनका लागि लेखनाथ नगरपालिकाको टोली वालिङमा

पोखरा, ३२ जेठ । लेखनाथ नगरपालिकाको फोहरमैला व्यवस्थापनकालागी लेखनाथको एक टोलीले सोमवार स्याङजा स्थित वालिङ नगरपालिकाले संचालनमा ल्याएको सरसफाई केन्द्रको अध्ययन अवलोकन गरेको छ ।

भ्रमण टोलीमा लेखनाथ नगरपालिकाका कार्यकारी अधिकृत लोकवहादुर भण्डारी, नगरपालिकाका प्राविधिक, तथा कर्मचारी, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मी प्रसाद त्रिपाठी, पत्रकार महासंघ कास्कीका कोषाध्यक्ष रामप्रसाद तिमिल्सेना, लेखनाथका १७ वटै वडाका वडा नागरिक मञ्चका अध्यक्ष, राजनीतिक पार्टीका प्रमुख तथा प्रतिनिधि, गरी करिव ५० जना सहभागि थिए ।

सार्वजनीक निजि अवधारणा अनुसार फोहरमैलाको कुसल व्यवस्थापनका लागी सिक्न आँफूहरु भ्रमणमा निस्केको भ्रमण टोलीका संयोजक एवं लेखनाथ नगरपालिकाका कार्यकारी अधिकृत लोकवहादुर भण्डारीले वताए । फोहरमैला नगरपालिकाका लागि जटिल समस्या वन्ने गरेको छ । थोरैमात्र नगरपालिकाले यस्को कुसल व्यवस्थापन गर्न सकेका छन् । फोहरमैलाको कुशल व्यवस्थापनका लागि वालिङ नगरपालिका एक उदाहरणीय वनेको छ । वालिङ नगरपालिकाले सरसफाई केन्द्र स्थापना गरेर फोहर व्यवस्थापन गरेकोमा स्थानीयविकास मन्त्रालयको वतावरण विभागवाट हालै मात्र सात लाख नगद सहित पुरस्कृत भएको छ ।

वालिङ सरसफाई केन्द्रमा वुटवलको दिदी वहिनी एवं समाज उत्थान सस्थाले साझेदारी गर्दै आएको छ । फोहरलाई घरमै वर्गीकरण गरी नमुनायोग्य वनेको वालिङ नगरपालिकाले कुहीने फोहरवाट प्राङगारिक मल वनाउने र अन्य नकुहीने फोहर संकलन गरी विक्रि वितरणवाट साँझेदार सस्था दिदि वहिनी सस्थाले एक वर्षमा तीन लाख ७९ हजार रुपया आम्दानी गरेको वालिङ नगरपालिकाका कार्यकारी अधिकृत सुरथ पोखरेलले वताए ।

फोहरमैला व्यवस्थापन गर्न वालिङ नगरपालिकाले पुर्णामृत उच्च माविको ३३ रोपनी जग्गा दस वर्षका लागी भाडामा लिएर फोहर व्यवस्थापनका साथै पार्क समेत वनाउने योजना अगाडी सारेको छ । उपयुक्त विधि अपनाएर मानव वस्ति देखी करिव एक किलोमिटरको दुरीमा, थोरै जग्गामा फोहर व्यवस्थापन गरी उत्कृष्ट र सफा शहर वनाउन सकिने नमुनाको रुपमा वालिङ नगरपालिकालाई लिन सकिन्छ ।

वस्ति विकासको क्रमसँगै लेखनाथमा फोहरमैला व्यवसथापनमा पनी समस्या वढ्दो छ । शहरलाई कुरुप वनाउने र सहजै व्यवस्थापन गर्न नसकिने भनेको फेहर नै हो । नगरवासि सचेत भए फोहर व्यवस्थापन पनि सहज हुन्छ भन्ने नमुना वालिङ नगरपालिकाको फोहर व्यवस्थापनवाट लेखनाथवासिले सिक्ने अवसर पाएका छन् । फोहर व्यवस्थापन गर्ने दायीत्वपनी नगरवासिकै हुने भएकाले नगरपालिकालाई सवैले सहयोग गर्नुपर्ने लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले वताए । उनले घरवाटै सचेतना जगाउन सके फोहरलाई मोहरमा परिणत गर्न सकिने उदाहरण वालिङ नगरपालिकाको सरसफाई केन्द्र वनेको वताए ।

कमेन्टहरु
Loading...