विदेशी लगानी आकर्षित गर्न नयाँ कानुन

नविन अर्याल/११ जेठ, काठमाडौं । सरकारले स्वदेशी लगानीकर्ताहरुलाई उपलब्ध गराउँदै आएको सहुलियत तथा सुविधाहरु विदेशी लगानीकर्तालाई पनि समान रुपमा उपलब्ध गराउने भएको छ । विदेशी लगानी तथा प्रविधि आकषिर्त गर्न सरकारले स्वदेशी लगानीकर्तासरह सहुलियत र सुविधाहरु उपलब्ध गराउन लागेको हो । प्रस्तावित ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन-२०७०’ मा स्वदेशी लगानीकर्ता र विदेशी लगानीकर्ताबीच कुनै भेदभाव नगरिने उल्लेख छ । २१ वर्ष पुरानो ऐनले वैदेशिक लगानी भित्राउन नसकेको भन्दै उद्योग मन्त्रालयले नयाँ ऐनको मस्यौदा तयार गरेको हो ।

१० परिच्छेद र ३७ दफा भएको मस्यौदामा विदेशी लगानीकर्तालाई उपलब्ध गराउने सहुलियत तथा सुविधामा कुनै कञ्जुस्याईं गरिएको छैन । नयाँ बन्ने ऐनको मस्यौदा अनुसार गैरआवासीय नेपालीले नेपाली नागरिकसरह नेपालमा उद्योग व्यवसाय सञ्चालन गर्न पाउनेछन् । विदेशी लगानीमा स्थापना भएका उद्योगहरुलाई एकल बिन्दु सेवा केन्द्रमार्फत औद्योगिक व्यवसाय ऐनले प्रदान गरेका सहुलियत र सुविधा प्रदान गरिने भएको छ । मस्यौदामा विदेशी लगानीको दायरा फराकिलो पारिएको छ । विदेशी लगानीमा स्थापित कुनैपनि कम्पनी वा उद्योगलाई राष्ट्रियकरण नगरिने प्रत्याभूति गरिएको छ ।

प्रस्तावित मस्यौदामा जलविद्युत, पूर्वाधार -द्रुतमार्ग, रेलवे, टनेल, केवल कार, मेट्रो रेल, फ्लाई ओभर र अन्तर्राष्ट्रिय विमानस्थल), कृषिजन्य तथा जडीबुटी प्रशोधन उद्योग, पर्यटन उद्योग र खनीजजन्य एवं उत्पादनमूलक उद्योगलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योग क्षेत्रमा छुट्टाइएको छ । सेवा क्षेत्रमा विदेशी लगानीको सीमा विश्व व्यापार संगठनको सदस्यता लिदाका बखत गरेको प्रतिबद्धताअनुरुप हुने मस्यौदामा उल्लेख छ । मस्यौदाको दफा २३ को उपदफा २ मा सेवा क्षेत्रमा विदेशी लगानीको अंश तथा सीमा यसप्रकार तोकिएको छ ।

– See more at: http://www.onlinekhabar.com/2013/05/74666/#sthash.XmFIObhP.dpuf

कमेन्टहरु
Loading...