पोखरा पिस क्लबको अध्यक्षमा बराल

पोखरा, ३० जेठ /पोखरा पिस क्लबको शनिबार सम्पन्न भएको पाँचौं अधिवेशन तथा सातौं साधारण सभाले सुजन बरालको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति निर्विरोध रुपमा चयन गरेको छ ।

समितिको उपाध्यक्षमा खेमराज तिमिल्सिना, सचिवमा प्रताप आचार्य, कोषाध्यक्षमा राजेन्द्र बराल र सहसचिवमा सावित्री अधिकारी रहेका छन् । त्यसैगरी सदस्यहरुमा गणेश अधिकारी, सन्तोष बराल, अस्मिता अधिकारी, बिमल बराल, बिमला अधिकारी र विकास बराल रहेका छन् । क्लबका सल्लाहकार दण्डराज शर्मा पौडेलको संयोजकत्वमा गठित तीन सदस्यीय निर्वाचन मण्डलले सर्वसम्मत रुपमा नयाँ कार्य समिति चयन गरेको हो ।

बन्द सत्रमा नवनिर्वाचित कार्य समितिलाई निर्वाचन मण्डलका संयोजक दण्डराज शर्मा पौडेल, सदस्यद्वय डा.उमानाथ बराल र संस्थापक अध्यक्ष राजेन्द्र प्रसाद अधिकारीले बधाई तथा कार्यकालको पूर्ण सफलताको कामना गरेका थिए । नवनिर्वाचित अध्यक्ष सुजन बरालले क्लबको उद्देश्य र विधान अनुरुप कार्य समिति अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका थिए । निवर्तमान अध्यक्ष दामोदर बरालले नयाँ कार्य समितिलाई बधाई तथा शुभकामना व्यक्त गर्दै तन, मन र बचनले सदा पूर्ण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

पोखरा पिस क्लबको अध्यक्षमा बराल
पोखरा पिस क्लबको अध्यक्षमा बराल

बन्द सत्रमा सचिव प्रताप आचार्यले पेश गरेका सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष सुजन बरालले पेश गरेको आर्थिक प्रतिवेदनलाई सर्वसम्मत रुपमा पारित गरेको थियो । यस अघि उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि मासबार आमा समूहका संस्थापक अध्यक्ष तथा वरिष्ठ समाजसेवी कमलादेवी बरालले युवा पुस्ता विकृति र विसंगतिबाट टाढा रही अघि बढ्नु पर्नेमा जोड दिईन् । प्रमुख अतिथि बरालले खुलेरै क्लबले गरेको कार्यको प्रशंसा गर्दै टोलमा रहेका अन्य सामाजिक संघसंस्था तथा टोलवासीहरुले क्लबका गतिविधिमा साथ दिन आग्रह गरिन् ।

उद्घाटन सत्रमा सल्लाहकारहरु तेजनारायण अधिकारी, डा.उमानाथ बराल, दण्डराज शर्मा, सरोजनारायण बराल, उज्वल खत्री, पूर्व सल्लाहकार लेखबहादुर केसी, महिला समन्वय समिति पोखरा–७ का अध्यक्ष प्रभा पन्त, किसान जागरण बहुमुखी सहकारी संस्थाका अध्यक्ष लिलाभक्त बरालले अधिवेशन तथा साधारण सभाको भव्य सफलताको कामना गर्दै सामाजिक कार्यमा निरन्तर रुपमा अघि बढ्न आग्रह गरे । क्लबका अध्यक्ष दामोदर बरालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा सहसचिव रन्जना बरालले स्वागत र सचिव प्रताप आचार्यले कार्यक्रम सञ्चालन गरेका थिए ।

कमेन्टहरु
Loading...