पोखराको फिर्केमा सरसफाइ गर्दा २६ राउण्ड गोली फेला

पोखरा २९ जेठ /पोखराको फिर्के खोलामा अत्याधुनिक हतियारको गोली फेला परेको छ । पोखरा ८ फिर्के खोलामा रहेको फिर्के तमु समाजले शनिवार सरसफाइ गर्ने क्रममा अत्याधुनिक हतियारमा प्रयोग हुने एस एल आरको २४ राउण्ड गोली फेला परेको हो ।

एस एल आरमा प्रयोग हुने ७ दशमलव ६२ एम एमको २४ राउण्ड गोली र ९ एमएमको ब्राउनिङ पेस्तोलमा प्रयोग हुने दुइ राउण्ड गोली स्थानियले सरसफाइको क्रममा फेला पारे पछि प्रहरीलाई बुझाएको हो ।

कालो कपडाको थैलीमा पोको पारेको अवस्थाम फेला परेको थियो । एस एल आरको २४ राउण्ड गोली सहित पेस्तोलको दुई राउण्ड गोली फेला परेपछि सरसफाइमा संगग्न स्थानियले नजिकै रहेको शसस्त्र प्रहरी वल कालिका गणलाई खबर गरेको थियो ।

पोखराको फिर्केमा सरसफाइ गर्दा २६ राउण्ड गोली फेला  तस्बिर ः गिताराना मगर
पोखराको फिर्केमा सरसफाइ गर्दा २६ राउण्ड गोली फेला तस्बिर ः गिताराना मगर

कालिका गणले उक्त गोलीको बारेमा वडा प्रहरी कार्यालय बैदामलाई खबर गरेपछि गोलीलाई बैदाम प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान थालेको वडा प्रहरी कार्यालय बैदामका प्रमुख मोहनमणी अधिकारीले जानकारी दिए । उक्त गोली भेटिएको स्थान शसस्त्र प्रहरीको कालिका गणबाट दुइ सय मिटर तल रहेको छ ।

कमेन्टहरु
Loading...