हदबन्दीभन्दा बढीको जग्गा जफत गर्न निर्देशन

पोखरा, २९ जेठ/अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारलाई तराईमा ५ हजार २ सय २३ बिघा र पहाडमा ६ हजार २ सय ६५ रोपनी जग्गा हदबन्दीभन्दा बढी भएको जग्गा जफत गर्न निर्देशन दिएको छ । आजको नेपाल समाचार पत्र दैनिकमा समाचार छ।

अख्तियारले ती सबै जग्गा जफत गर्न सरकारलाई शुक्रबार पत्राचार गरेको छ। अख्तियारले २१ वर्षसम्म अलपत्र अवस्थामा रहेको उच्चस्तरीय रामबहादुर रावल आयोगको प्रतिबेदन कार्यान्वयन गर्न पनि सरकारलाई शुक्रवार नै पत्राचार गरेको छ।

सो प्रतिवेदन तत्काल कार्यान्वयन गर्न भूमिसुधार तथा व्यवस्था मन्त्रालयमा लेखी पठाएको आयोगका प्रवक्ता कृष्णहरि पुष्करले जानकारी दिए। आयोगले काठमाडौं महानगरपालिकाले त्यसलाई बेवास्ता गर्दै आएको थियो।

कमेन्टहरु
Loading...