राजधानीमा मध्य तथा सुदुरपश्चिम महोत्सव सुरु

प्रकाश लामा काठमाडौ, जेठ १०

भाषा, कला, साहित्य हिमाल, ताल, वाईल्ड लाईफ लगायत विविधताको थलोको रूपमा चिनिएको मध्य तथा सुदुरपश्चिम महोत्सव राजधानीमा सुरु भएको छ । मध्य तथा सुदुरपश्चिमबासीका भावनात्मक समन्वय गर्दै मध्य तथा सुदुरपश्चिममा रहेका पर्यटकीय गन्तब्यलाई काठमाडौंमा रहेका विभिन्न क्षेत्र तह र तप्कालाई मध्य र सुदुरपश्चिम चिनाउन ३ दिने मध्य तथा सुदुरपश्चिम पर्यटन एवं सांस्कृतिक महोत्सव २०७०को आयोजना भएको हो ।

resize_imageमध्य तथा सुदुरपश्चिमका मनहरूमा आफ्नो क्षेत्रको प्राकृतिक र सांस्कृतिक सम्पदाप्रति गौरव गर्दै त्यसको संरक्षण, प्रवर्द्धन र सदुपयोग गर्ने उद्देयले महोत्सवको आयोजना गरिएको थियो । संस्कृति तथा पर्यटन मन्त्री रामकुमार श्रेष्ठले कार्यक्रमको उद्घाटन गर्दै मध्य र सुदुर पश्चिममा सम्भावनाका धेरै अवसरहरु भएपनि राज्यले यस क्षेत्रमा लगानी बढाउन नसकेको स्वीकार गर्दै पर्यटनबोर्डमा पनि एक जना मध्य तथा सुदुर पश्चिमको मान्छे राख्ने पहल गरे ।

कार्यक्रममा ग्रेट हिमालय ट्रेलका टिम लिडर मीन हमाल, टानका महासचिव मीन हमाल पर्यटनकर्मी अमर साही लगायतले महोत्सवका बारेमा बोलेका थिए । कार्यक्रममा मध्य तथा सुदुरपश्चिमको क्षेत्रबाट मुलुकका लागि अमूल्य योगदान दिने दीपक विष्ट, कोमल ओली लगायतका ७ जना व्यक्तित्वलाई सम्मान गरिएको थियो ।

महोत्सवको अवसरमा पर्यटकिय केन्द्र ठमेलबाट सुदुर देउडा, हुड्के, थलिया पुतला नाच जस्ता विभिन्न झाँकी सहित सभागृह सम्म आएका थिए । पश्चिम महिला जागरण समूहको आयोजनामा हुने महोत्सव जेठ १०, ११, १२ गते तीन दिनसम्म राष्ट्रिय सभागृहमा चल्ने महोत्सवमा मध्य तथा सुदुरपश्चिमका झाँकी, पर्यटकिय क्षेत्रहरूको वृत्तचित्र, फोटोहरू जानकारीमूलक प्रचार सामाग्रीहरू, खानाका परिकारहरु प्रश्तुत भएका छन् । cp. setopati.com

कमेन्टहरु
Loading...