हङकङ दौडका लागि म्याराथन धावक बैकुण्ठ मानन्धरलाई पोखराबाट विदाई

पोखरा, २८ जेठ/दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक विजेता म्याराथन धावक बैकुण्ठ मानन्धरलाई शुक्रबार पोखरामा हङकङ यात्राको सफलताको कामना सहित विदाई गरीएको छ । सहारा क्लव, पोखराका अध्यक्ष विरभद्र आचार्य, निवर्तमान अध्यक्ष विक्रम थकालीले फुलमाला तथा खादा एवं मायाको चिनो हस्तान्तरण गरी धावक मानन्धरलाई विदाई गरेको हो ।

सहारा क्लव हङकङले जेठ ३० गते अर्थात १२ जुनमा आयोजना गर्ने च्यारीटि हाईकिङ कार्यक्रमको प्रमुख अतिथिको रुपमा उनलाई निमन्त्रणा दिए पछि धावक मानन्धर कार्यक्रममा सहभागि हुने भएका छन । कार्यक्रममा पदकधारी मानन्धरले धेरै बर्ष पहिला पनि पोखरामा दौडन आउने गरेको पं्रशङग कोट्याउदै पोखरामा खेल पर्यटनको र खेलकुदको प्रचुर सम्भावना भएको उनले बताए ।

हङकङ दौडका लागि म्याराथन धावक बैकुण्ड मानन्धरलाई पोखराबाट विदाई
हङकङ दौडका लागि म्याराथन धावक बैकुण्ड मानन्धरलाई पोखराबाट विदाई

पोखरेलीहरुले हौसाएको कारणले गर्दा आफुले म्याराथनमा नेपालको राष्ट्रिय कृतिमान राख्न सफल भएको दाबी गरे । उनले वातावरणकोे हिसावले पोखरा उपयुक्त भएकोले यहाँका खेलाडी र खेलकुदको विकासको लागि सवै जुट्नु पर्ने बताए । कार्यक्रममा नेपाल ओलम्पीक कमिटिका सदस्य एवं क्लवका सल्लाहकार तेज बहादुर गुरुङ, राष्ट्रिय खेलकृुद परिषदका सदस्य फक्त बहादुर गुरुङ, पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यम बहादुर गुरुङ, खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष केशव पाठक, क्लवका निवर्तमान अध्यक्ष विक्रम थकाली, बरिष्ठ उपाध्यक्ष केशवबहादुर थापा लगायतले पदकधारी मानन्धरको हङकङ यात्रा सहित हङकङ वसाईको सफलताको कामना गर्दै शुभकामना दिएका थिए ।

उक्त अवसरमा नेपाल खेलकुद पत्रकार मञ्च कास्कीका नवनिर्वाचित कार्यसमितिलाई वदाई ज्ञापन गरीएको थियो । स्वास्थ्य नै धन हो भन्ने मुल नाराका साथ आयोजना हुने हाईकिङ करीब साँढे १२ किलोमिटर दुरी रहेको सहारा हङकङका सल्लाहकार देव गुरुङले बताए । क्लवले यस अघि विगत दुई बर्ष सम्म निरन्तर रुपमा हङकङ साँझ लगायतका कार्यक्रमबाट केहि रकम वचन गरी सहारा एकेडेमीलाई सहयोग गर्दै आएकोले २०७२ सालमा नेपालमा भूकम्प गएका कारणले गर्दा कार्यक्रम प्रभावित भएर यस्तो कार्यक्रम आयोजना गर्न लागेको बताईन्छ । यस पटकको कार्यक्रमबाट पनि क्लवले केहि रकम सहारा एकेडेमीलाई सहयोग प्रदान गर्ने भएको सल्लाहकार गुरुङले जनाए ।

कमेन्टहरु
Loading...