माछापुच्छे« पोल्ट्री ग्रुपद्धारा बृद्धाश्रममा खाना तथा फलफुल प्रदान

पोखरा, २८ जेष्ठ/पोखरामा रहेको माछापुच्छे« पोल्ट्री ग्रुपले पहिलो बार्षिक उत्सव बात्स्यायन बृद्धाश्रममा रहेका वृद्ध आमाबुबा सँग मनाएको छ । पोल्ट्री ग्रुपले शुक्रबार बाच्छी बुडुवामा गई बृद्धाश्रममा रहेका आमा बुबा लाई खाना तथा फलफुल खुवाएर बार्षिक उत्सव मनाएको हो ।

फलफुल बितरण गर्दै माछापुच्छे पोल्टी ग्रुपका अध्यक्ष जिवनाथ बरालले बृद्धाश्रममा आएर आफ्नो संस्थाको बार्षिक उत्सव मनाउन पाउँदा अत्यन्तै खुसी लागेको बताए । सामाजिक उत्तरदायित्व अन्र्तगत ग्रुप अझै सक्रिय रुपमा अग्रसर हुने बरालले बताउनुभयो । त्यस्तै माछापुच्छे पोल्टी ग्रुपका उपाध्यक्ष चुडामणि बराल ले किसानको समस्यालाई मध्यनजर गरि आगामी दिनमा ग्रुपले नयाँ योजनाका साथ अगाडी बढ्ने बताउनुभयो ।

त्यस्तै ग्रुपका कोषाध्यक्ष खेमराज बराले बृद्धाश्रममा आगामी दिन मा समेत सहयोग गर्दै जाने बताउनुभयो । माछापुच्छे« पोल्ट्री ग्रुपले कास्की का विभिन्न ठाउँहरुमा सेवा दिएको बताउदै आउने दिनहरुमा ग्रुपले अझ प्रभावकारी रुपले काम गर्ने बताउनुभयो । नाफा मुखि भन्दा पनि किसानको सेवा मुखी भइ काम गर्ने गरि माछापुच्छे« पोल्ट्री ग्रुप संचालन गरिएको बताउनुभयो ।

खाना र फलफुल खाइसकेपछि त्यहा रहेका वृद्धबृद्धा आमा बुबाले पोल्ट्री ग्रपको प्रगतिको कामना गरेका थिए । बात्स्यायन बृद्धाश्रममा हाल १४ जना वृद्धबृद्धा आमा बुबा रहेको बात्स्यायन बृद्धाश्रमका उपाध्यक्ष रेशम जि.सी.ले जानाकारी दिनुभयो । बिगत १ बर्ष अगाडी बाट संचालन मा आएको माछापुच्छे« पोल्ट्री ग्रुपमा हाल २३३ फ्रेस हाउस र २२५ जना पोल्टी ब्यबसायी किसानहरुले प्रत्यक्ष कारोबार गर्दै आइरहेको ग्रुपले जनाएको छ ।

कमेन्टहरु
Loading...