नेपाल बन्दमा सडक चोकमा ज्योतिको परर्फमेन्स आर्ट प्रदर्शनी

पोखरा, २७ जेठ /योपालीको नेपाल बन्दमा बिहिबार ८ बजे सृजनाचोकमा अनौठो दृश्य देखियो । सुन्दर रुपमा सजिएर बसेकी एक नारीलाई त्यहाँ उपस्थित सबैले एकाएक फोहरमैलाका प्लाष्टिक झोला, कागज, बोतल लगायत फोहोर लगाइदिए ।
नेपाल बन्द भए पनि सरसफाई सप्ताहको अवसरमा बिहिबार सृजनाचोकमा आयोजित भावनाटिका कला प्रदर्शनीमा सञ्चारकर्मी तथा परर्फमेन्स आर्टिस ज्योति हमालले कला प्रदर्शन गर्नुभएको थियो ।

धर्तीको संरक्षण गरौँ, सुन्दर पोखरालाई सफा र स्वच्छ राखौँ भन्ने सन्देश प्रवाह गर्दै रेडियो जननी ९०।६ र खानेपानी क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यालयले “हाम्रो रहर, शान्त शुन्दर सहर” नामक जनचेतनात्मक भावनाटिका कला प्रदर्शनी गरेको छ । प्रदर्शनीको सुरुवातमा सुन्दर रुपमा सजिएर पृथ्वीको प्रतिमूर्तिको रुपमा बस्नु भएकी परर्फमेन्स आर्टिस ज्योती हमाललाई पृथ्वी कसरी फोहोर हुँदैछ भन्ने देखाउन कार्यक्रमका अतिथी लगायत अन्य सहभागीहरुले कागज, प्लाष्टिकका झोला, बोतल लगायत फोहोर लगाइदिएका थिए ।

नेपाल बन्दमा सडक चोकमा ज्योतिको परर्फमेन्स आर्ट प्रदर्शनी
नेपाल बन्दमा सडक चोकमा ज्योतिको परर्फमेन्स आर्ट प्रदर्शनी

कार्यक्रमका पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत भीम बहादुर कुँवरले प्रदर्शनीको उद्घाटन गर्नु भएको थियो ।
कार्यक्रममा कार्यकारी अधिकृत कुँवरले हामी मानवले नै सुन्दर पृथ्वीलाई फोहोर, कुरुप र आक्रान्त बनाइरहेका छौँ भन्दै, पृथ्वी हाम्रो हो र यसको संरक्षण गर्ने दायित्व पनि हाम्रै हो भन्ने नाराका साथ पोखरालाई सफा र स्वच्छ बनाउन उपमहानगरपालिकाले सरसफाई अभियान सञ्चालन गरिरहेको बताउनु भयो । पोखरालाई सफा, स्वच्छ र हराभरा बनाउन विश्व वातावरण दिवसको अवसरमा सुरुवात गरिएको सरसफाई अभियानलाई निरन्तरता दिइने बताउदैँ उँहाले अभियानमा सहयोग पु¥याउन सबै पोखरेलीलाई आव्हान गर्नुभयो ।

खानेपानी क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यालयका सिनियर डिभिजन इन्जिनियर नन्दलाल बन्जाडेले कलाकार ज्योति हमालको कला प्रदर्शनीले पोखरा र फेवाताल कसरी प्रदुषित बन्दै गएको छ भन्ने ज्वलन्त उहाहरण प्रस्तुत गरेको बताउनु भयो । वरिष्ठ पत्रकार बद्रीबिनोद प्रतिकले घरभित्र कुचो लगाउने तर आँगन र सडकमा फाल्ने प्रवृत्तिलाई सुधार गर्नुपर्ने बताउनु भयो । नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सुष्मा पौडेलले पनि घर मात्रै होइन टोल, नदिनाला र ताललाई सफा राख्नुपर्ने र सार्वजनिक जग्गाको सरंक्षण गर्न पनि आग्रह गर्नुभयो ।

फिर्के बुलौँदी खोली सरसफाई अभियानका संयोजक राम बहादुर पोडेलले मानवीय रुपबाट हामीले पृथ्वीलाई कसरी प्रदुषित बनाइरहेका छौँ भन्ने सन्देश यो भावनाटिका कला प्रदर्शनीले दिएको बताउँदै हामीले उत्पादन गरेका फोहोर व्यवस्थापन गर्न नसके यसको असर र भार हामी आफैँलाई नै पर्ने बताउनु भयो । भावी सन्ततीका लागि सफा, स्वच्छ र वातावरणमैत्री समाज परिकल्पना गर्नका लागि आजैबाट सबैले फोहोरमैला कम उत्पादन गर्न र उत्पादन गरिएका फोहोरको उचित व्यवस्थान गर्नुपर्नेमा उँहाले जोड दिनुभयो ।

रेडियो जननीका अध्यक्ष हिरा भट्टराईले उद्यमशीलता प्रर्वद्धनको उद्देश्य सहित सञ्चालित रेडियो जननीले समाज सँग प्रत्यक्ष जोडिएका अन्य विषयमा पनि विभिन्न कार्यक्रम गर्दै आएको बताउदै सरसफाई सम्बन्धी सचेतनाका लागि यो कार्यक्रम गरिएको बताउनु भयो । रेडियो जननीका स्टेशन म्यानेजर विमला भण्डारीले परिवर्तनको पहल आफैँबाट सुरुवात गर्नुपर्ने बताउदै घर, समाज, टोल र वरपरका वातावरणलाई सफा राख्न आग्रह गर्नुभयो ।

मावन मिलन नारी जागरण केन्द्रका अध्यक्ष पार्वती पौडेल, वडा नं ८ टोल विकास संस्था समन्वय समितिका अध्यक्ष शारदा गिरिले आफ्नो वडालाई सफा र स्वच्छ बनाउन लाग्ने प्रतिबद्धता जनाउनु भयो । २ घण्टा सम्म जनचेतनात्मक भावनाटिका कला प्रदर्शनीमा स्थानियको उल्लेख्य सहभागिता रहेको थियो । रेडियो जननीका अध्यक्ष हिरा भट्टराईको सभाध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन रेडियो जननीका प्रस्तोता रुपा अधिकारीले गर्नुभएको थियो ।

परर्फमेन्स आर्टिस ज्योति हमालको अपील यस्तो छ ।
‘हाम्रो रहर, शान्त सुन्दर शहर’
“पोखरा शहर, हेर्न लाग्छ रहर” पोखरा शहर फोहोरको थुप्रो नबनोस् साथै शान्त सुन्दर र हेर्न रहर गर्ने शहर बनोस् भनेर मैले यो चेतनामुलक परर्फमेन्स आर्ट गरेको हो । हामी सबको चाहना शान्त सुन्दर शहर हँुदा पनि किन दिन प्रतिदिन फोहोर बन्दै गएको छ त पोखरा रु हामी कहाँ चुक्यौं रु शहर सफा राख्ने गर्ने हाम्रो दायित्व होईन रु हामीले नगरे कसले गर्छ रु अहिले नगरे कहिले गर्ने रु हामी अहिले जहाँ हेर्छौं त्यहाँ फोहोर देख्छौं किन रु हामी कसरी यति फोहोरी भएम त रु के पोखरा राम्रो भए हाम्रो लागि होइन रु “हाम्रो शहर, राम्रो शहर” भनेर सोचौँ र राम्रो बनाउने प्रतिवद्धता गरौं । यदि हजुरहरुले यस परर्फमेन्स आर्ट मा सहभागी भएपछि “हाम्रो शहर, राम्रो शहर” बनाउने प्रतिवद्धता गर्नुभयो भने मेरो यो साधना सफल भएको महसुस गर्दछु ।
पोखरालाई फोहोर गर्नुको साटो मलाई फोहोर गर्नुस् र हेर्नुस पहिलाको म र अहिलेको म र सोच्नुस र मनन् गर्नुहोस् र यस कार्यक्रमलाई सार्थक तुल्याईदिनु होला ।

कमेन्टहरु
Loading...