को हो नयाँ शक्ति ?

बिक्रम आचार्य 

Bikram Acharya what is naya shakti
Bikram Acharya author: what is naya shakti?

१८ बर्ष नागेर भख्खर १० जोड २ सकेको भाईले फेसबुकमा चिनेको आधारमा दाई सम्बोधन गर्दै लेख्यो ” कर्णाली सम्झौताको बारेमा मज्जाले पढे , अन्य राष्ट्रघाती सन्धी र सम्झौताको बारेमा पनि पढे ” देश त्यसै पछी परेको होइनरहेछ । अनी मलाई आँफैमा खुशी  लाग्यो – दुई चार दिन अघी मैले उसलाई केही जानकारी हरु पठाएको थिए मज्जैले बुझेछ । यिनै र यस्तै तरिका बाट पछिल्लो समय सामाजिक सन्झालमा बिभिन्न समुह हरु बन्दै देशको बारेमा खोजी र चासो गर्ने युवा र किसोरहरुको जमात ठुलो छ ।

१७ ,१८ बर्षको उमेर समुह देखी ३०-३५ को उमेरका दाजुभाइ हरु आँफैमा गोलबन्द छन , तर त्यहा भित्र देशको बेरोजगार र अस्थिरताको खुकुरीका लागि अचानो बनेका कैयन युवाहरु छन , जो नचाहेर पनि देश भन्दा टाढा छन । यतिनै बेला पूर्व प्रधानमँत्री डा : बाबुराम भट्टराइ ” नयाँ शक्ती ” नामक  राजनैतीक दलको नेत्रीत्व गर्दैछन , विक्रम सम्बत २०२६ सालका एस.एल.सी बोर्ड फस्ट भट्टराई नेपाली राजनितिका लागि एक परिचित र बौदिक नाम हो , २०५२ साल फागुन २ गते सुरु भएको जनयुद्दका एक योजनाकार ।

२०५२ सालमा स्वयम म  पङतिकार दुई बर्षको थिए , आज २२ औ बसन्त पार गरिसकेको स्थिती छ – तत्कालिन नेकपा माओबादी  देशका कैयन भौतिक सम्रचना हरु भत्काएर , देशमा गृह युद्दको हुन्कार छोडेर -बदलिन्दै राज्यको नेत्रित्व पङती सम्म यो बिचमा आइपुगेको छ , त्यही बिचमा देश तुलनात्मक रुपमा बिकासमा पछी परेको छ – हजारौं युवा हरु खाडीमा बिहानै खबुजको रोटी चपाउदै निस्कन्छन – तिनी हरु नेपाली हुन , १७ हजारको लाश खै के ले खायो ? त्यसको लेखाजोखा छैन , भन्न त भुपी सेरचनको कबिता “हुदैन बिहान मिर्मिरे ” भन्दिए हुन्छ , तर ति बलिदानी हरु परिवर्तनका लागि थिए – बिकास र सम्रिद्दीका लागि थिए , नाकी बोर्डमा लोकतंत्र , गणतंत्र लेख्नका लागि थियो ।

देशले पक्कै पनि नयाँ आयाम खोजेको छ , नयाँ नेत्रित्व खोजेको छ तर डा : भट्टराइले निर्माण गरिरहेको नयाँ शक्ती त पुरानै उही अनुहार , उही राज्य संचालकहरुको गुठ न हो , एक वाक्यमा भन्नु पर्दा ” माओवादी भट्टराइ पक्ष ” । ७५ बर्षका हजुरबुवाले म १६ को ठिटो हुँ भनेझै – माओबादीको एक चोक्टो आफुलाई नयाँ शक्ती बनाउन लागि परेको छ । बिभिन्न जाती र जनजाती , धर्म र समुदायको मिस्रित नेपाली समाजमा जातियताको गन्ध घुसाएर देश लाई आजसम्म लामो सन्क्रमणमा पार्नुको अपजोस पनि  तत्कालिन माओबादी लाई नै जान्छ , र त्यस्को नितीनिर्माता नै थियो आजको कथित” नयाँ शक्ती ” । त्यसैले अन्त्यन्तै गरीब – मान्छेको नाम धन बहादुर भएझै राज्यलाई दोहन गरेको एउटा पुरानो जत्था  आज नयाँ शक्ती नामले उदाउने प्रयास गर्दैछ ।

को हो त नयाँ शक्ती ? ” नयाँ शक्ती ति हुन , जो ब्याचलर र प्लस टु पास गरेसङगै  घरको अभाबले थिच्नथाले पछी , किताब लाई थन्काउदै राहादानी बोकेर दुबइ पुगेको छ , देशको अन्धकार भित्र भबिस्यको ठेगान नभएपछी युरोप र अस्ट्रेलियाहरुमा भबिस्यको खोजी गर्दैछ – बाउको टाउकोमा बसेको ॠण चुकाउने प्रयत्न गर्दैछ , समयलाई पर्खिन्दैछ – अनी देश फर्केर केही गर्ने अभिलाषा बोकेको छ । – जो क्याम्पस हरुमा धाउदै गर्दा बाहिर गेटमा अखिल , क्रान्तिकारी र नेवी संघका दाई हरुलाई नमस्ते गर्न आवश्यक ठान्दैन , तर उ भित्रपनी बिचार  छ , भिजन छ , उशलाई थाहा छ ” राजनिती खराब शब्द वा क्षेत्र हैन , तर बिलकुल मेरो देशमा राजनितीलाई धुजा धुजा बनाइएको छ । ”

बिदेशमा  बस्दै गर्दा , ५ -६ हजार नेपाली हरुको जनसन्ख्या भएको देसमा एउटै शहरमा ५ वटा सम्म नेपाली सोसाइटीका नाममा बिभिन्न राजनैतीक दलहरु का छुट्टा छुट्टै संघठन हरु हुन्छन , तिनैमा अहिले थपिन्दैन्छ नयाँ शक्ती , शहिद स्मारक लिग रोकिएको छ – देशको खेलकुद रोइरहेको छ अनी उ फेरी त्यही मैदानमा आफ्ना भाषण छ।ड्छ -अनी आफुलाई भन्दिन्छ नयाँ शक्ती , देशको शिक्षा क्षेत्र राजनैतीक दलको उपस्थितीले बिग्रिएको हो- जान्दा जान्दै उ विद्यार्थी संघठन निर्माण गर्दछ – अनी आफुलाई नयाँ शक्ती हुँ भन्छ , बिलकुल पुरानै अनुहार , पुरानै सोच , पुरानै मान्यता बोकेर आफुलाई नयाँ सिद्द गर्न खोज्नु – एकदम लाजमर्दो कुरा हो । डा : भट्टराइ नेत्रित्वले आफुलाई नयाँ शक्ती नाममै मात्र राखीरहोस् , तर  उ बिलकुल नयाँ हुन सक्दैन ।

कमेन्टहरु
Loading...