पोखरामा १ लाख ७३ हजार सहित जुवा खेल्ने पक्राउ

पोखरा, २७ जेठ /पोखरा ६ नारेश्वर स्थित होटल लेकवेईनमा जुवा खेल्दै गरेका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार साझँ जुवा खेल्दै गरेको जानकारी पछि प्रहरीले छापा पारेको थियो ।

वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले ३ बुक तास सहित नगद १ लााख ७३ हजार ७ सय सहित सात जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पोखरा ८ बस्ने लक्ष्मण कुंवर, पाल्पा अर्गेली ४ घर भई पोखरा बस्ने याम क्षेत्री, धनकुटा धिन्ताङ घर भई हाल पोखरा ९ बस्ने गंगा बहादुर राई, भारत मोतिहारी घर भई हाल पोखरा ६ बस्ने सम्भु जैसवाल, मकवानपुर घर भई हाल पोखरा ६ जरेबर बस्ने रामकाजी खडका, पोखरा ६ बस्ने बसन्त श्रेष्ठ र सिन्धुली दुधौली ६ घर भई हाल पोखरा ६ बस्ने तिलक बुढाथोकी रहेका छन् ।

कमेन्टहरु
Loading...