तमुवानकोे अनसन तेश्रो दिन जारी, ८० वर्षिय बाजेदेखि १७ वर्षिय नातिसम्म

पोखरा, २७ जेठ/संविधानको विरुद्ध आन्दोलनरत तमुवान संयुक्त संघर्ष समितिले संघीय गठबन्धनद्धारा काठमाडौंको खुल्ला मञ्चमा आयोजित रिले अनसनको ऐक्यवद्धता जनाउदै पोखराको चिप्लेढुंगा मानवअधिकार चोकमा आयोजित एक हप्ते रिले अनसन जारी रहेको छ ।

तेश्रो दिनको रिले अनसनमा ८० वर्षिय बाजेदेखि १७ वर्षिय नातिसम्म सहभागी भएका छन् । तेश्रो दिनको रिले अनसनमा तमु धिं नेपालका सचिव गिरीप्रसाद तमुको अगुवाईमा ८० वर्षिय गुरुङ कलाकार पूर्व सैनिक सुकलाल तमुदेखि १७ वर्षिय विद्यार्थी ओमप्रकास तमुसहित स्याङ्जा फेदिखोला दामगाडे उच्चमावि खेल मैदान निर्माण समितिका उपाध्यक्ष तथा पोखरा १७ का युवा समाजसेवी ध्रुव तमु, तामाङ बौद्ध सेवा समितिका उपाध्यक्ष बुद्धिबहादुर रुम्बा तामाङ, संघीय समाजवादी फोरम पोखरा १२ का अध्यक्ष तथा तमु धिं नेपालका ट्होटें संयोजक सई रुद्रबहादुर तमु, तमुवान संयुक्त संघर्ष समितिका सदस्य, ससफो कास्कीका सदस्य जगनप्रसाद तमु, संघीय लिम्बुवान पार्टीका बालकुमार राई, समाजसेवी हर्कबहादुर तमु गरी ९ जना सहभागी रहनु भएको छ ।

तमुवानकोे अनसन तेश्रो दिन जारी, ८० वर्षिय बाजेदेखि १७ वर्षिय नातिसम्म
तमुवानकोे अनसन तेश्रो दिन जारी, ८० वर्षिय बाजेदेखि १७ वर्षिय नातिसम्म

अनसनकारीहरुलाई तमुवान संयुक्त संघर्ष समिति राजनीतिक संयन्त्रका सदस्य दीपक तामाङ, क्षेत्रीय संयोजक एस टी ओ हर्कबहादुर तमु, कुलबहादुर भुजेलले तमुवानको फेटा र खदा लगाएर शुभारम्भ गर्नुभएको थियो । अनसन बिहान ७ बजेदेखि बेलुकासम्म बस्दै आईरहेको छ ।

कमेन्टहरु
Loading...