चालकलाई पाँच मिनेट परामर्श

पोखरा, २७ जेठ /जिल्ला ट्राफिक कार्यालय कास्कीले चालक परामर्श कार्यक्रमको शुरुवात गरेको छ।सवारी दुर्घटनालाई न्यूनिकरण गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख प्रहरी निरिक्षक विश्वराज अधिकारीले जानकारी दिए।

परामर्श कार्यक्रम लगातार १० दिन सम्म सञ्चालन गरिने छ। सवारी साधान रोकी चालकलाई फिल्डमा नै परामर्श दिएको छ।
सवारी दुर्घटना वढेपछि न्यूनिरकण गर्न यो अभियान सञ्चालन गरेका हौ जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख प्रहरी निरिक्षक अधिकारीले भने–फिल्डमा नै यातायातका साधान रोकि चालकलाई पाँच मिनेट परामर्श दिने गरेका छौ।

चालकलाई पाँच मिनेट परामर्श
चालकलाई पाँच मिनेट परामर्श

बुधबार छोरेपाटन, औद्योगिक क्षेत्र, डाँडाको नाक र हेमजाको याम्दीचोकमा चालकहरुलाई परामर्श दिइएको थियो। परामर्श कार्यक्रममा सावारी साधान तिव्रगतिमा नहाक्न, ढोका झण्डयाएर यात्रु नचाढाउन, सडकमा जथाभावी पार्कि· नगर्न, मोवाईफोन प्रयोग गरेर सवारी साधान नचलाउन मापसे गरेर सवारी चालन नचलाउन आग्रह गरिएको थियो। दुर्घटना मानविय, यान्त्रिक, सडक र वातवरणिय कारण हुने गरेकोमा सवै भन्दा धेरै मानविय कारणले हुने गरेको अधिकारीले जानकारी दिए।

मानविय कारणले नेपालमा धेरै दुर्घटना हुने गरेका छन् उनले भने– यसलाई हेट गर्नका लागि पनि हामीले यो अभियान सञ्चालन गरेका हौ। अभियानले दुर्घटना न्यूनिकरण हुने उनको विश्वास छ। अज्ञानता र लापरावाहिका कारण सवारी दुर्घटना हुने गरेको छ उनले भने– अभियानले दुर्घटना न्यूनिकरण हुने हामीले विश्वास लिएका छौ। परामर्श कार्यक्रममा चालक रुद्रप्रसाद पोख्रेलले अभियान आवश्यकता भएको बताए। सवै चालकहरु पढेका छैन धेरैलाई नियम पनि थाह छैन उनले भने–नियमका वारेमा जानकारी दिन पनि यस्ता कार्यक्रम वेला वेलामा सञ्चालन गर्नुपर्दछ।

परामर्शकै क्रममा काठमाण्डौ गंगवुका रुद्रबहादुर छन्त्यालले अभियान राम्रो भएको बताए। कार्यक्रममा परामर्श दिदै बगर ट्राफिक पोष्टका प्रहरी नायव निरिक्षक राजेन्द्र कार्कीले चालकको लापवाहीका कारण दुर्घटन वढेको बताए। दुर्घटनाको ८६ प्रतिशत दुर्घटना चालकको लापवाहिले हुने गरेको छ उनले भने–चालकहरुले राम्रो तरिकाले सवारी चलाए दुर्घटना आधा घट्ने छ। कास्कीमा बुधबार करिव तीन सय जना चालकलाई परामर्श दिइएको थियो।

कमेन्टहरु
Loading...