पोखरा २६ जेठ /युनाइटेड क्लव पोखराले मृगौलापिडित दुर्गा श्रेष्ठलाई आर्थिक सहयोग गरेको छ । दुवै मृगौला खराब भएका पोखरा १० अमरसिंह निवासी दुर्गा प्रसाद श्रेष्ठलाई क्लवले २५ हजार नगद हस्तान्तरण गरेको हो ।
शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धनका लागी पोखरामा नया पर्यटकीय गन्तब्य चिडियाखाना निर्माण गर्ने उद्देश्यका साथ अगाडी वढेको क्लवले दुवै मृगौला खराब भएका श्रेष्ठलाई २५ हजार नगद सहयोग गरेको हो । मंगलबार एक कार्यक्रमका बीच क्लवको कार्यालय अमरसिंह चोकमा क्लवका अध्यक्ष हिमालय बख्रेलले मृगौला पिडित श्रेष्ठलाई २५ हजारको चेक हस्तान्तरण गरेका हुन ।

मंगरबार आयोजित कार्यक्रममा क्लवका उपाध्यक्ष सुक बहादुर गुरुङ, कोषाध्यक्ष राजु श्रेष्ठ, सचिव लालकाजी गुरुङ, सदस्यहरु सावित्री शर्मा, निर्मला लामिछाने, गणेश तिमिल्सिना, कृष्ण थापा, शान्त बहादुर थापा लगायत क्लवका सम्पूर्ण कार्यसमितीको सहभागीता रहेको थियो ।