सेवाग्राहीका गुनासा सुने न्यायाधीशले

पोखरा, २५ जेठ/प्रत्यक्ष रुपमा जिल्ला न्यायाधीशलाई भेटेर आफ्ना खुल्दुली र गुनासो राख्ने कार्यक्रम मंगलबार कास्की जिल्ला अदालतमा सम्पन्न भएको छ । भेटघाट कार्यक्रममा सेवाग्राहीले उठाएका जिज्ञासा जिल्ला न्यायाधीश र स्रेस्तेदारले मेटाएका थिए । आफ्नो समस्याका बारेमा जिल्ला न्यायाधीशलाई अवगत गराउदै न्यायाधीश मार्फत सल्लाह पाउँदा सेवाग्राही खुशी देखिन्थे ।

कार्यक्रममा सहभागी लक्ष्मी आचार्य, भवदत्त तिवारी, भीम प्रसाद सापकोटा, पुण्यराज बराल, अमृत बहादुर गुरुङ, निता गुरुङ, सुनिता वि.क., अम्बिका श्रेष्ठ, मञ्जु श्रेष्ठ, मिना थापा, लक्ष्मी थापा, धन बहादुर पौडेल, प्रकाश जिटी, देवी थापा, शेर बहादुर थापा, बसन्धरा थापा र जुवेदा खाँ मियाले आफ्ना कुरा जिल्ला न्यायाधीश समक्ष राखेका थिए ।

सेवाग्राहीका गुनासा सुने न्यायाधीशले
सेवाग्राहीका गुनासा सुने न्यायाधीशले

कार्यक्रममा कास्की जिल्ला अदालतका जिल्ला न्यायाधीशहरु शेखरप्रसाद पौडेल अनन्तराज डुम्रे, नरिश्वर भण्डारी, नारायणप्रसाद दाहाल र विष्णु प्रसाद गौतम, अदालतका स्रेस्तेदार कृष्ण प्रसाद नेपाल, तहसिलदार खुम प्रसाद भण्डारी, जिल्ला न्यायाधीवक्त्ता गंगा प्रसाद पौडेलले सेवाग्राहीका जिज्ञासा सम्बोधन गरेका थिए ।

सो अवसरमा उनीहरुलाई अदालतबाट प्रदान गरिने सेवा, निशुल्क निवेदन सम्बन्धि व्यवस्था, वैतनिक कानून व्यवसायी समेतको बारेमा जानकारी दिइएको थियो । अदालतले महिनामा एकपटक न्यायाधीशसँग सेवाग्रहीको भेटघाट कार्यक्रम सञ्चालन गर्दै आएको स्रेस्तेदार नेपालले बताए ।

कास्की जिल्ला अदालतले परामर्श सेवा, बारबेन्च अन्र्तक्रिया, स्थानिय निकायका सचिव र तामेल्दारबिच अन्र्तक्रिया, न्यायीक अन्र्तसंवाद कार्यक्रम, सरकारी वकिल र प्रहरिबिच अन्र्तक्रिया, सञ्चारकर्मीसँग अन्र्तक्रिया, सरोकारवालाबिच अन्र्तक्रिया लगायतका कार्यक्रमको आयोजना गरि न्यायमा जनताको सहज पहुँच पु¥याउने कार्य गर्दै आएको उनले जनाए ।

कमेन्टहरु
Loading...