पोखरामा तमुवानको माग गर्दै अनसन सुरु

पोखरा, २५ जेठ/संविधानको विरोध जनाउदै पहिचान र अधिकार सहित तमुवानको माग गर्दै संघर्षरत तमुवान संयुक्त संघर्ष समितिले आज देखि पोखराको चिप्लेढुंगास्थित मानवअधिकार चोकमा रिले अनसन सुरु गरेको छ ।

रिले अनसनको पहिलो दिन तमुवान संयुक्त संघर्ष समितिका संयोजक हुमबहादुर गुरुङ सहित ९ जना अनसन बसेका छन् । अनसन बस्नेहरुमा सचिव गजेन्द्र सुब्बा, तमुवान अभियन्ताहरु मनबहादुर तमु, कुलबहादुर भुजेल, टेकबहादुर तामाङ, गोपाल गुरुङ, क्याप्टेन नरेश थापा, धनबहादुर परियार, चन्द्र तामाङ मुस्कान रहेका छन् ।

tamuban ansanसंविधान पुर्नलेखन तथा शंसोधन गरी आफ्ना २६ बुँदे माग सम्बोधन गर्न आन्दोलित २९ दल तथा मोर्चा आवद्ध संघीय गठबन्धनको शान्तिपूर्ण आन्दोलन अन्र्तगत काठमाडौंको शहिद मञ्चमा आजदेखि शुरु भएको रिले अनसनलाई ऐक्यवद्धता जाहेर गर्दै मोर्चा अन्तरगतको एक घटक तमुवान संयुक्त संघर्ष समितिले पोखरामा अनसन सुरु गरेको हो ।

संविधान पुर्नलेखन गरी पहिचानसहितको संघीयता, तमुवानसहितको संविधान, पहिचान र अधिकार सुनिश्चिचता, पुर्ण समानुपातिक प्रतिनीधित्व, भाषिक समानता, सबै खाले विभेद उत्पिडनको अन्त्य, कालाबजारी भ्रष्टचारीलाई कारवाही, भुकम्प पीडितलाई तत्काल राहतको व्यवस्था लगायतको विभिन्न मागसहित विहान ७ बजेदेखि बेलुका ७ बजेसम्म रिले अनसन बस्ने तमुवान संयुक्त संघर्ष समितिका संयोजक हुमबहादुर गुरुङले जानकारी दिए ।

कमेन्टहरु
Loading...