जनसाँस्कृतिक महासंघ कास्कीको अध्यक्षमा कृष्ण भण्डारी

पोखरा, २३ जेठ/राष्ट्रिय जनसाँस्कृतिक महासंघ, कास्कीको छैठौं जिल्ला अधिवेशन कृष्ण भण्डारीको अध्यक्षतामा पन्ध्र सदस्यीय नयाँ समिति चयन गर्दै शनिबार सम्पन्न भएको छ ।

अधिवेशनले निर्वाचित गरेको कमिटीको उपाध्यक्षमा जीवन गुरुङ्ग र लक्ष्मी थापा, सचिवमा लोकनाथ पुडासैनी, सहसचिवमा रविन गुरुङ्ग र कोषाध्यक्षमा माया थापा रहेका छन् । त्यस्तै कमिटिका सदस्यहरुमा मिरा पोखे्रल, अदिति शर्मा, महेन्द्र पौडेल, भरत सुनार, नर्मदा कुँवर, सुनिल गायक, सुनिल पोख्रेल, विश्वराज रसाइली र विश्व दर्शन पराजुली निर्वाचित भएका छन् ।

कृष्ण भण्डारी
कृष्ण भण्डारी

कमिटिले गायक रामभक्त जोजिजुको संयोजकत्वमा लक्ष्मण गौतम, ताराप्रसाद तिमिल्सीना, प्रतिभा तिमिल्सीना र तोयानाथ लामिछाने रहेको पाँच सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको छ । यस अघि अधिवेशनले निवर्तमान अध्यक्ष लक्ष्मण गौतमले पेश गरेको राजनैतिक तथा सांगठनिक प्रतिवेदन पारित गरेको थियो ।

कार्यक्रममा विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान गरे बापत विभिन्न स्रष्टाहरु सम्मानित भएका थिए । सम्मानित स्रष्टाहरुमा साहित्य तर्फ विजया सुवेदी र ताराप्रसाद तिमिल्सीना, संगित तर्फ टकबहादुर गुरुङ्ग र गम्भिर वर्देवा, ललितकला तर्फ बुद्धि गुरुङ्ग र चलचित्र तर्फ घनश्याम लामिछाने रहेका छन् ।

कमेन्टहरु
Loading...