पोखरा, २२ जेठ /काठमाडौंमा सफल थालनी पछि गोर्खा बु्रअरी प्रा.लि. ले सोमर्सबी एप्पल साइडर पोखराको सार्वजनिक गरेको छ । सोमर्सबी एप्पल साइडर स्याउको ताजा जुसबाट बनाइएको पेय पदार्थ हो । यसमा ४.५% अल्कोहलको मात्रा छ । गुलियो र स्वादिलो हुनु यसको विशेषता हो ।
यो पूर्णतया प्रात्रृmतिक तत्वले बनेको र यसमा कुनै त्रृmतिम स्वाद र रंङ नमिसाइएको कम्पनीका म्यानेजिङ्ग डाइरेक्टर अरुण अधिकारीले बताए । काठमाडौंका विशिष्ट विक्रि केन्द्रहरुबाट विक्रि वितरण पछि अब पोखराका पनि विशिष्ट विक्रि केन्द्रहरुबाट विक्रि वितरण बताउदै निकट भविष्यमा नेपालका विभिन्न शहरहरुमा पु¥याइने लक्ष्य रहेको बताए ।
उनले “साइडर नेपाली बजारको लागि नौलो प्रस्तुती हो । नेपाली उपभोक्तामा विकसित हुदै गएको नयाँ स्वादका लागि यो पेय नयाँ परिवर्तनको संबाहक हुनेछ ।” सोमर्सबी एप्पल साइडर महिला तथा पुरुष दुवैको लागि उपयुक्त पेय पदार्थ भएको बताए । सोमर्सबी एप्पल साइडर गर्मीको दिनमा, दिउँसो खाना सँग वा कुनै पनि समयमा पिउन उपयुक्त छ अधिकारीले बताए ।

गोर्खा ब्रुअरीका मार्केटिङ्ग प्रमुख बैभव शर्माले काल्सवर्गले एप्पल साइडर सन् २००८ मा डेनमार्क र नर्वेमा उत्पादन तथा वितरण प्रारम्भ गरेको र यसले निरन्तर सफलता पाउँदै आएको बताउँदै अहिले विश्वका ५० भन्दा बढी मुलुकहरुमा सोमर्सबी एप्पल साइडर उपभोक्ता समक्ष पुगेको र सबैले रुचाएको बताए । एसियामा सोमर्सबी एप्पल साइडर संगापुर, हङकङ्ग, मलेसिया, थाइल्याण्ड र चीन पछि छैठौं राष्ट्रको रुपमा नेपालमा उपलब्ध भएको हो ।
अहिले डेनमार्कमा यसले सबैभन्दा बढी बजार अंश लिएको छ भने नर्वेमा दोश्रो स्थानमा रहेको छ । सोमर्सबी एप्पल साइडर विश्वमा विभिन्न स्वादमा उपलब्ध छ तर पनि Apple, Pear / Blackberry सबैभन्दा बढी लोकप्रिय छ । यसले आफ्नो उत्कृष्टताका कारण विश्वभर प्रतिष्ठा कमाएको बताए ।
नेपालमा पनि सोमर्सबी एप्पल साइडर उपभोक्ता माझ लोकप्रिय बन्ने विश्वास लिइएको छ । हाल सोमर्सबी एप्पल साइडर २५० मिलीग्राम प्रति बोतल मूल्य एक सय रुपैया कायम गरिएको छ ।