साङ्गीतिक जगतमा उदाउँदै शिव अधिकारी

नेपाली साङ्गीतिक जगतमा अर्को आयाम थप्न नयाँ प्रतिभाको आगमन भएको छ । कास्कीको चापकोट ७, मार्सेमा जन्मनुभएका शिव अधिकारीले पछिल्लो क्रममा साङ्गीतिक कोसेली दैव मेरो दाहिने रैनछ बजारमा लिएर आएका छन् ।

गीतको शब्द तथा लय सृजना चर्चित संकलक एक नारायण भण्डारीले गर्नुभएको छ भने आवाजमा अधिकारीलाई चर्चित लोक तथा दोहोरी गायिका पूर्णकला बि. सी. ले दिनुभएको छ ।

साङ्गीतिक जगतमा उदाउँदै शिव अधिकारी
साङ्गीतिक जगतमा उदाउँदै शिव अधिकारी

गीतको बिषयमा अधिकारी भन्छन् – यहाँ भन्दा अगाडि मादलको तालमा सम्म नगाएको मैले यति सम्म राम्रो गर्न सकौँला जस्तो लागेको थिएन । सोँचेको भन्दा पनि बढि राम्रो भएको छ । भिडियो पनि खेलेको छु , धेरै सन्तुष्ट छु ।

उज्वल के. सी.ले निर्देशन गर्नुभएको भिडियोको छायङ्कन राहुल राइले गर्नुभएको छ । गीतलाई सितारा म्युजिक प्र. ली. ले बजार ब्यवस्थापन गरेको छ ।

कमेन्टहरु
Loading...