लेखनाथमा रंगशाला उद्घाटन, स्वस्थ्य नागरिक र खेलकूद विकासमा टेवा–उपराष्ट्रपति पुन

सागर राज तिमिल्सिना
पोखरा, २२ जेठ/उप–राष्ट्रपति नन्दबहादुर पुनले स्वस्थ्य नागरिक, मर्यादित समाज र समृद्ध राष्ट्र निर्माणमा खेलकूद क्षेत्र निकै महत्वपूर्ण रहेको वताएका छन् । कास्कीको लेखनाथ नगरपालिकाको भण्डारढिकमा निर्माण भएको लेखनाथ रंगशालाको उद्घाटन गर्दै उनले रंगशाला निर्माणले यस क्षेत्रको मात्र नभई सिंगो देशकै खेलकूद क्षेत्रको ऐतिहासिक विकासमा कोशेढुंगा सावित हुने बताए ।

कतारको सुप्रिम कमिटि फर डेलिभरी एण्ड लिगेसी संस्था, लेखनाथ नगरपालिका, लेखनाथ उद्योग वाणिज्य संघ र आदर्श युवा क्लबले करीव ८० लाखको सहयोगमा रंगशालाको निमार्ण गरेको हो । खेलकूद विश्ववन्धुत्व, शान्ति र समझदारी कायम गर्न महत्वपूर्ण कडीको रुपमा रहने विचार व्यक्त गर्दै उहांले यसले शारीरिक तथा मानसिक रुपमा स्वस्थ्य नागरिक तयार गर्न र देशलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन सहयोग पुर्याउने उपराष्ट्रपति पुनको भनाई थियो ।

क्रिकेट र पूmटवलमा नेपाली युवकहरुले अन्तर्राष्ट्रिय क्षेत्रमा देखाएको प्रदर्शनले राष्ट्र र नेपालीहरुको शीर उचो वनाएको धारणा राख्दै उनले राज्यले पनि खेलाडीहरुको मनोवल उच्च राख्न साधन र श्रोतले भ्याएसम्म सहयोग गर्दै जानु पर्ने विचार व्यक्त गर्नु भयो । सुप्रिम कमिटिका सहायक कार्यकारी निर्देशक नसिर अल खतरले सन् २०२२ मा कतार सरकारले विश्व कप पूmटवल प्रतियोगिता आयोजना गर्न लागेको र यसलाई सफल तुल्याउन कास्की, कैलाली र मकवानपुरमा ४ वटा रंगशाला वनाउन कतार सरकारले सहयोग गरेकोे बताए ।

लेखनाथमा रंगशाला उद्घाटन, स्वस्थ्य नागरिक र खेलकूद विकासमा टेवा–उपराष्ट्रपति पुन
लेखनाथमा रंगशाला उद्घाटन, स्वस्थ्य नागरिक र खेलकूद विकासमा टेवा–उपराष्ट्रपति पुन

आदर्श युवा क्लवका अध्यक्ष लक्ष्मी प्रसाद भण्डारीको अध्यक्षतामा भएको सो कार्यक्रममा सांसद यज्ञ वहादुर थापा, क्लवका सल्लाहकार चेत वहादुर गुरुङ्ग र पूmटवल प्रशिक्षक उपेन्द्रमान सिंहले लगायतले फुटबलको विकासमा रंगशालले महत्वपुर्ण भुमिका खेल्ने बताए । लेखनाथ नगरपालिकाको स्वामित्वमा रहेको ४५ रोपनी क्षेत्रफल जग्गामा व्यवस्थित प्यारापिट सहितको फुटबल मैदान बनाएको हो । लेखनाथमा बन्ने यो रंगशाला पोखराको रंगशालाको विकल्पमा पनि प्रयोगमा ल्याउन सकिनेछ ।

निर्माण भएको रंगशालामा ५ सयजना दर्शक अट्ने व्यवस्थित प्यारापिट छ । त्यसबाहेक मैदान सम्याउने, मैदानमा दुवो उमार्ने, खेलाडीको चेन्जिङ रुम, मैदान वरिपरि ६ लाइनको रनिङ ट्रयाक निमार्ण भएको आदर्श युवा क्लवका अध्यक्ष लक्ष्मी प्रसाद भण्डारीले जानकारी दिए ।

अध्यक्ष भण्डारीले व्यवस्थित मैदान सहितको रंगशाला बनेपछि क्लवले राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गर्ने बताए । क्लवले यसअघि पनि त्यही मैदानमा ए डिभिजनका क्लव ल्याएर प्रतियोगिता आयोजना गर्दै आएपनि मैदान कडा भएको गुनासो खेलाडीले गरेपछि नियमित रुपमा खेलाउन छाडेको थियो ।

कमेन्टहरु
Loading...